अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

शुभकामना आदान प्रदान

news

वालिङ, १९ असोज
नेपाली कगे्रसको भातृ संघ भूपुसैनिक संघ जिल्ला कार्य समितिको आयोजनामा विजयादशमी तथा दिपावलीको अवशरमा शुभकामना आदान प्रदान कार्यक्रम विहिबार वालिङ ८ रामबाच्छामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पुर्व सांसद तथा पुर्व नेपाली कगे्रसका जिल्ला सभापति खगेन्द्रराज रेग्मीले नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपालीले हरेक नेपाली मनमा खुसीयाली छावोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले संविधान कार्यान्वयनमा विषेश जोड दिँदै आउदै गरेको स्थानीय निकायको निर्वाचनको लागी सबैलाई तयारी अवस्थामा रहन समेत अनुरोध गर्नुभयो । 
 
कार्यक्रममा कगे्रस महासमिति सदस्य भोजराज अर्याल, नेपाल महिला संघका केन्द्रिय सदस्य सरस्वती तिवारी, नेपाल महिला संघ जिल्ला सभापति कल्पना तिवारी, भुपूसैनिक संघका केन्द्रिय सदस्य क्या.खड्कबहादुर शाही, नेपाली कगे्रसका जिल्ला सदस्य ल्या. यामबहादुर गुरुङ, कगे्रसका पुर्व क्षेत्रिय सभापति केदार काफ्ले, कगे्रसका नगरसभापति दिलिपप्रताप खाँण, तरुणदलका क्षेत्रिय सभापति दिपेन्द्र केसीलगायतका वक्ताहरुले भुपूसैनिकहरुले झेल्दै आएका  समस्याहरुलाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विषेश छलफल गर्नुपर्नेमा जोड दिएका छन् । संघका जिल्ला सभापति नायब सुवेदार छत्रबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष क्या. कृष्ण प्रधानले गर्नुभएको थियो भने सञ्चालन सचिव नायब सुवेदार सोमबहादुर गुरुङले गर्नुभएको थियो ।
 
यसैबीच यता बागेश्वरी असल सासन क्लब बास स्याङजा साखाको आयोजनामा विजयादशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै इलाका प्रसाशन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले नेपालीहरुको महान पर्व दडक भडक रहित मनाउनुपर्नेमा जोड दिँदै यस्ता पर्वले हाम्रो सांस्कृति तथा सामाजिक सदभावलाई जर्गेना गर्ने बताउनुभयो । 
 
कार्याक्रममा वडा प्रहरी कार्यालयका प्रमुख उत्तमप्रकाश बराल, शसस्त्र प्रहरी वेस क्याम्पका प्रमुख डिवी कुँवर, भिरकोट नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मी, कगे्रसका पुर्व क्षेत्रिय सभापति केदार काफ्ले, क्षेत्रिय सचिव दामोदर लम्साल, कगे्रसका नगर सभापति दिलिपप्रताप खाँण, एमालेका क्षेत्रिय उपाध्यक्ष गिरमान गुरुङ, नेपाल महिला संघ जिल्ला सभापति कल्पना तिवारी, नेकपा माओवादी 
 
केन्द्रका थमनारायण भट्टराइर्, राप्रपा पार्टीका क्षेत्रिय अध्यक्ष दोणबहादुर गुरुङ, नयाँ शक्ति नेपाल पार्टीका क्षेत्रिय अध्यक्ष टिकाराम रेग्मी, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश डोटेल, प्रेसयुनियना जिल्ला सभपाति श्रीकृष्ण सिग्देल, मालपोत कार्यालय वालिङका प्रतिनिधि अम्बिका गौतम, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष दिपेन्द्र केसी, पत्रकार मोहन गुरुङ, सुरज भण्डारीलगायतले मन्तव्य राखेका थिए । 
 
बासका पश्चिमाञ्चल उपाध्यक्ष एवं जिल्ला अध्यक्ष चुत्रबहादुर महत एसिवको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन सहसचिव रुक्मागत भण्डारीले गर्नुभएको थियो ।