अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

उज्यालो घर बास र सडक बत्ति संचालनमा

news

रेडियो आँधीखोला
वालिङ, ७ आश्विन ।
आधिँखोला गाउँपालिकाले देशको पहिलो ग्रामिण पर्यटकिय गाउँ शिरुबारीमा उज्यालो घर बास र सडक बत्ति संचालनमा ल्याएको छ । बिद्युत बत्ति गएको बेला उज्यालो तथा सडकमा हुने घटनाको न्युनिकरण गर्ने उदेश्यले उज्यालो घरबास संचालनमा ल्याएको हो । 
२०५४ सालमा शुरुवात भएको घरबासमा गाउँपालिकाले बैकल्पिक उर्जा सगँ सहकार्य गरेर सोलार र सडक बत्ति जडान गर्दै उज्यालो घरबासको घोषण गरेको हो । उज्यालो घरबास कार्यक्रममा पुर्व सांसद गणेश मान गुरुङले उज्यालो घरबास कार्यक्रम गाउँपालिकाको नमुना कार्यक्रम रहेको बताउनुभयो । 
 
उहाँले कार्यक्रमका लागि देशको पहिलो पर्यटकिय गाउँमा ल्याउनु सबैको लागि खुसीको बिषय भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगाले, प्रमुख जिल्ला अधिकारी कोश हरी निरौला, गाउँपालिका अध्यक्ष सुधिर पौडेल, उपाध्यक्ष शर्मिला पौडेल, नेकपाका देबेन्द्र गुरुङ्, अम्बिका ढकाल, जिवनाथ ढकाल, उर्मिला गुरुङ्, नर बहादुर गुरुङ्, कृष्ण पनेरु लगायतले मन्तब्य राख्नु भएको थियो । उज्यालो घरबासको लागि सोलार २९ लाख र सडक बत्ति ९ लाख ७० हजारको लागतमा निर्माण गरिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...