अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

२ दिने घुम्ती शिविरमा १ सय ६७ जनाले नागरिकता लिए

रेडियो आँधीखोला,
वालिङ ८ आश्विन ।
महिलाहरुमा चेतनाको कमीले गर्दा धेरै महिलाहरु नागरिकता लिनबाट वञ्चित भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको २ दिने घुम्ती शिविरमा आँधीखोला र अर्जुनचौपारी गरी २ पालिकाका ३ वटाका १ सय २३ महिलाहरुले नागरिकता लिएका छन् । प्रशासनका प्रशासकिय अधिकृत यादवराज शर्माले भन्नुभयो, “जागिर गर्नु छैन् विदेश जानु छैन हामी महिलालाई किन चाहियो र नागरिकता जस्ता प्रतिक्रिया आए” । 
 
विशेषगरी दलित समुदायमा अझै पनि नागरिकताको महत्वबारे सचेत छैनन् । त्यसो त दलित, ब्राम्हण, गुरुङसमुदायका महिलाहरुले समेत शिविरबाट नागरिकता लिएका थिए । आँधीखोला १ पञ्चमुलमा सञ्चालित शिविरबाट १ सय ६७ जनाले नागरिकता लिएका छन् । जसमा महिला १ सय २३ र पुरुष ४४ गरी १ सय ६७ जनाले नागरिकता लिएका हुन् । 
 
प्रशासन कार्यालयले आफ्नै गाउँघरमा पायक पर्ने स्थानमा २ दिने शिविरमार्फत २ गाउँपालिकाका नागरिकलाई सेवा दिएको हो । आँधीखोला १ र अर्जुनचौपारी ५ र ६ वडाका नागरिक शिविरबाट प्रत्यक्ष लाभान्वित भए पछन् । सोही शिविरमा जिल्ला निर्वाचन कार्यालयले १ सय ७३ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...