अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

छाँयाक्षेत्र मन्दिरमा रहेका योगीहरुलाई कम्बल तथा दक्षिणा,

रेडियो आँधीखोला,
वालिङ ८ आश्विन ।
राधा माधव समिति नेपालले छायाँक्षेत्र मन्दिरमा रहेका योगीहरुलाई कम्बल तथा दक्षिणा प्रदान गरेको छ । समिति नेपालकी केन्द्रिय अध्यक्ष संगिता दिदिले १५ जना योगीहरुलाई कम्बल तथा दक्षिणा प्रदान गर्नुभएको हो । स्याङजाकै प्रसिद्ध मन्दिर छायाँक्षेत्र मन्दिर वास्तमै पवित्र रहेको भन्दै मन्दिरलाई आन्तरिकका साथै बाह्य धार्मिक पर्यटकरुको गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा भीरकोट  नगरप्रमुख छायाराम खनालले छायाँ क्षेत्र मन्दिरको महत्व श्रीस्वस्थानी ब्रतकथासंग जोडिएको हुँनाले धार्मिक पर्यटनको गन्तव्य बन्दै गईरहेको भन्दै जिल्लाकै गहनाको रुपमा रहेको मन्दिरलाई थप व्यवस्थित गर्न नगरपालिकाले विषेश योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । 
कार्यक्रममा कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसी, ४ का अध्यक्ष चन्द्रबहादुर बस्नेत, ५ का अध्यक्ष यामप्रसाद अधिकारी, छायाँक्षेत्र सेवा समितिका सचिव कृष्णप्रसाद श्रेष्ठ, सहसचिव गोकुल अधिकारी, सदस्य चक्रबन्धु रेग्मी, दिलबहादुर सुनारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रमेश पौडेलले गर्नुभएको थियो । 
यसैबीच यता राधा माधवसमिति नेपाल अन्र्तगतको डिभाइन युथ क्लब नेपाल वालिङ साखाले समितिको सत्सङ हलको उद्दघाटनका अवशरमा शैक्षिक सामाग्री वितरण गरेको छ । विश्वकै पंचम मूल जगदगुरु कृपालुजी महाराजको नेपाली प्रचारक स्वामी हरिदासज्यूद्धारा गठित क्लबले वालिङ ११ पञ्चमुल स्थित पंचमुल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 
संकितनकी साधीका एवं राधामाधव समिति अध्यक्ष संगीता दिदीको उपस्थितिमा कार्यक्रम गरीएको हो । कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले वालिङलाई आध्यात्मिक वालिङ बनाउन डिभाईन यूथ क्लबको प्रमुख भुमिका रहेको र क्लबको कार्य निकै सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीको समेत उपस्थिति रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...