अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

मालपोतमा बिचौलियाको अन्त्य हुन्छः मन्त्री अर्याल

news

रेडियो आँधीखोला,
वालिङ ९ आश्विन ।
भुमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले मालपोतमा बिचौलियाको अन्त्य हुने र जनताले आफै काम गर्न सक्ने दाबी गर्नुभएको छ । आफ्ना निजी सचिब ललित थापालाई परेको मातृशोकमा अर्जुनचौपारी आउनुभएकी मन्त्री अर्यालले स्याङजा सदरमुकाममा नेकपाले आयोजना गरेको पत्रकार भेटघाटका अवशरमा दशै अगाडी नै मालपोतमा सरलीकृत हुने बताउनुभयो । 
 
एक बर्ष भित्र देशभर रहेका १ सय ३१ मालपोत कार्याल मध्ये १ सय ८ मा अनलाइन सेवा सुरुवात गर्ने बताउदै मन्त्री अर्यालले सिष्टममा मात्र नभई काम पनि सुधार हुने बताउनुभयो । ६ महिना ब्यवस्थापकिय र कानुन निर्माणमा समय सकिएको बताउदै मन्त्री अर्यालले ब्यवहारमा कुनै काम हुन नसकेको बताउनुभयो । 
 
उहाँले मालपोत र नापीमा गर्भवती महिला, अपाङ  र बृद्धको काममा सहज बनाउनु पर्नेमा जोड दिँदै अनुगमनलाई कडाईका साथ लैजाने बताउनुभयो । सहकारीको माध्यमबाट गरिबी निवारण गर्नुपर्ने बताउदै मन्त्री अर्यालले गरिबलाई परिचय पत्र दिइने बताउनुभयो । गरिबी परिचय पत्र लिएकालाई रोजगारी र उत्पादनको क्षेत्रमा जोडिने बताउदै मन्त्री अर्यालले काम नपाउनेलाई सरकारले बेरोजगार भत्ता दिने बताउनुभयो । 
 
त्यस्तै मन्त्री अर्यालले मंगलबारै अर्जुन चौपारी १ गाडखानीमा पुगेर मातृशोकमा पर्नु भएको आफ्ना निजी थापा र परिवारसगँ भेटघाट गर्नु भएको थियो । मृत्युलाई कसैले रोकेर रोक्न नसक्ने बताउदै मन्त्री अर्यालले शोकमा पर्नु भएका परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...