अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठक

news

रेडियो आँधीखोला,
वालिङ ९ आश्विन ।
पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठक स्याङजामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ स्याङजा र औपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम गरीएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका निर्देशक दिपकजंगध्वज कार्कीले मिडिया सचेत भएकै कारण समाजमा घटेका घटनाहरुलाई बाहिर ल्याउन र न्याय प्राप्तीका लागी सहज भएको बताउनुभयो । साथै उहाँले मिडियाकर्मीले तथ्यपरक समाचार संकलन तथा लेखनतर्फ अगाडि बढ्नुपर्ने भन्दै कानुन र मानव अधिकारका सिद्धान्तहरुलाई समेत पालना गर्नुपर्ने बताउनुभयो । 
कार्कीले भन्नुभयो, “तथ्य र प्रमाणका आधारमा मिडियाकर्मीको कलम चल्नुपर्छ विना तथ्यको समाग्रीले अप्ठ्यारो अवस्था सृजना हुनसक्छ” । निर्देशक कार्की कहीँकतै पत्रकारकै नाममा नकरात्मक कार्यहरु भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य श्याम कुँवर र पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव रुद्र श्रीस मगरले पत्रकारहरुको कलम सँधै स्वतन्त्र र निश्पक्ष ढंगबाट सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले समग्र स्याङजामा पत्रकारिताको अवस्था र चुनौतीका बारेमा प्रकाश पार्नुभएको थियो । अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत इन्सेक गण्डकी संयोजक शिव खकुरेल र सञ्चालन ईन्सेक प्रतिनिधि हिमलाल पराजुलीले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...