समाचार
सभ्य चालकको पहिचान दिलाऔँ

रेडियो आँधीखोला,
वालिङ ९ आश्विन ।
सभ्य चालकको पहिचान दिलाऔँ भन्ने मुल नाराका साथ जिल्ला ट्राफिक कार्यालय स्याङजा र ट्राफिक पोष्ट वालिङले सचेतनामुलक होडिङ बोर्ड राख्ने अभियान शुरु गरेको छ ।
वालिङ उद्योग वाणिज्य संघको सौजन्यमा वालिङका विभिन्न स्थानहरु मानिसहरुको चाप हुने स्थानमा होडिङ बोर्ड राखिनेछ । हिजो वालिङ १० भकुण्डे चोकमा कार्यालयका प्रमुख रेशमबहादुर रानाभाट, वडा अध्यक्ष अनन्तराज गैह्रे र वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सँयुक्त रुपमा बोर्डको स्थापना गनुभएको छ ।
वालिङमोड, मिर्दि, जैसीपँधेरा, भुम्रेलगायतका स्थानहरुमा सचेतनामुलक बोर्डहरु हुनेछन् । विहान ९ देखि ११ दिउँसो ३ देखि ५ बजेसम्म समान लोडअनलोड गर्न नपाईने र गाडी पार्किङमा थप व्यवस्थापन, तोकिएको स्थानमा पार्किङ गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
चाडपर्व नजिकिएकाले बजारमा चाप हुने भएकाले तोकिएका स्थानहरुमा पार्किङ गरी स्र्माट सिटीलाई सफल बनाउन आग्रह गरिएको छ । कार्यक्रमको सञ्चालन कार्यालयका प्रमुख रेशमबहादुर रानाभाटले गर्नुभएको थियो । ट्राफिक पोष्ट वालिङका प्रमुख तेजबहादुर रावलको पनि उपस्थिति रहेका थियो ।