अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

३ महिने हाउस वाइरिङ तालिम शुरु

news

 
रेडियो आँधीखोला,
वालिङ ९ आश्विन ।
दिपज्योती युवा क्लव वालिङ १४ थुमपोखराको आयोजनामा, आधिखोला टेक्निकल कलेज एण्ड एजुकेशनल कलेज वालिङ भकुण्डेको समन्वयमा ३ महिने हाउस वाइरिङ तालिम शुरु भएकोे छ ।
कार्यक्रमको समापन गर्दै वडा नं. १४ का वडा अध्यक्ष झम्बर बहादुर श्रेष्ठले युवाहरुलाई यस्ता सिपमुलक तालिमले रोजगारीको सृजना हुने बताउदै तालिममा सिकेको सिपलाई व्यवहारमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 
त्यसैगरी कार्यक्रममा आदर्श क्याम्पसका प्रमुख दिपक लम्साल,  टेक्निकल कलेजका प्रिन्सीपल भिमलाल भट्टराई , टुकप्रसाद डुम्रे , विक्रम डुम्रे , रादेन्द्र डुम्रे ,डालप्रसाद डुम्रे, बोधराज कुवरलगायतले आ–आफ्नो भनाइ व्यक्त गर्नुभएको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष प्रकाश डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव टोपबहादुर अधिकारीले गर्नुभएको थियो भने विक्रम डुम्रे र राज तिवारीको सहजिकरणमा सम्पन्न भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...