अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

कोरियाको सौलमा गुन्जियो नेपाली रचना, ३ जना स्रष्टा सम्मानित

news

 
रेडियो आँधीखोला,
वालिङ ९ अशोज । 
नेपाल मुक्तक प्रतिष्ठान कोरिया ंशाखाको आयोजनामा कोरियाको सौल स्थित नेपाल हाउसको हलमा नेपाली रचना गुन्जिएको छ । बृहत् रचना वाचन तथा स्रष्टा सम्मान नामक कार्यक्रममा नेपालीहरुले आ–आफ्ना रचना वाचन गरेका थिए  । कार्यक्रममा इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमुले साहित्य वास्तबमै  समाज परिर्वतनको आधार भएको बताउनुभयो । साहित्यका माध्यमबाट समाजमा रहेका विभिन्न घटनाहरुलाई उजागर मद्दघ पुग्ने भन्दै कोरियामा समेत आफ्नो देश, जन्मभुमिको भावनाले ओतप्रोत रचनाहरु सुन्न पाउँदा निकै खुसी  लाग्ने बताउनुभयो । यसैबिच नेसास कोरियाका अध्यक्ष यल्जी बिवस तथा साहित्यकार मिलन किरातीले कार्यक्रम एतिहासिक भएकोमा खुशी ब्यक्त गर्दै आयोजक सस्थाप्रति आभार तथा आगामी कार्यक्रमका लागि शुभकामना पनि दिनुभयो । 
कार्यक्रममा अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने सुर्य , विश्व साहित्य समाज कोरियाका सचिव खेम पुन, प्रखर गजलकार नवीन नेपाल, इतर साहित्य समाजका अध्यक्ष पराजित पोमु, साहित्यकार मिलन कान्छा किराँती, ओ एस नेपालका पत्रकार हरी अधिकारी, एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी लामा ( गुरुङ ) लगायतले मन्तब्य राख्नुभएको थियो । 
यसैबिच नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३ जना श्रस्टालाई सम्मान गरेको छ । बिगत लामो समयदेखि प्रवासमा रहेर समेत नेपाली साहित्यमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदर गर्दै चर्चित मुक्तककार सन्तोष अम्गाँई , गजलकार तथा मुक्तककार डीआर न्यौपाने सुर्य र मुक्तककार संजय घिमीरेलाई  सम्मान गरेको  त्यहाँबाट भागिरथ पराजुलीले बताउनुभयो ।  
कार्यक्रममा गोपाल न्यौपाने, जनक सन्याल, तपेन्द्र बिष्ट, खगेन्द्र खत्री, संजय खनाल, सरोज भण्डारी, नवीन नेपाल, राम के सी नयन, बि पी सागर,  एबी इन्द्र , सङ्कर बि.क ,गोपीकृष्ण लामीछाने लगायत करिब १०० जनाले रचना वाचन गर्नुभएको थियो । सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको र सञ्चालन सस्थाका महासचिव भोजराज घोडासैनीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...