अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Morden Song

समाचार

पुर्व सन्ध्यामा नगर सरसफाई

news

वालिङ १९ असोज
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६१ औं प्रहरी दिवस–२०७३ को पूर्व सन्ध्यामा पुतलीबजार नगरपालिकाको शहिदचोक, हुलाकमार्ग, ट्राफिकचोक, अभियानपथ र बालमन्दिरचोकमा सरसफाई गरेको छ । प्रहरी दिवसको अवसरमा प्रहरीले स्याङ्जाको विभिन्न ठाउँहरुमा रहेका धार्मीक स्थलहरु र विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु आयोजना गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरबहादुर पुलामीले जानकारी दिए । 
 
प्रहरीले आयोजना गरेको नगर सरसफाई कार्यक्रममा प्रहरी अधिकृत देखी जवानहरु, पुतलीबजार नगरपालीका कार्यालयका कार्यकारी अधिकृत दिपक रेग्मी, आयर्स सप्लायर्सका संचालक अरुण गिरी, पत्रकार, नागरिक समाज र स्थानीय वासीहरुको उपस्थिति रहेको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...