अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

जेष्ठ नागरिकलाई युवा स्वरोजगारको चिन्ता, पुर्व सैनिक भन्छन् हामीलाई उपेक्षा गरियो

news

 
कला राना
वालिङ, १५ आश्विन ।
सोमबार २८औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईरहँदा उनीले युवा स्वरोजगारको चिन्ता व्यक्त गरे । विगतका समय र वर्तमान समयमा धेरै अन्तराल रहेकाले युवाहरुको रोजगारको चिन्ता गरेका हुन् । स्याङजाको वालिङ १० का ७८ वर्षीय दुर्गाप्रसाद सुवेदीले भने, “जेष्ठ नागरिक सम्मान तथा संरक्षण धेरै सराहनीय छ तर सबै युवाहरु रोजगार होउन् । सरकारले युवा स्वारोजगार कार्यक्रम पुर्ण कायान्वयन गरोस” । सोमबार वालिङ नगरपालिकाद्धारा सम्मान तथा अभिनन्दन कार्यक्रममा सहभागि बृद्धबृद्धाहरुले मुलुकमा शुसासनको कामना समेत गरे । मुलुकमा अनुशासनको कमी भएको भन्दै अनुशासन कायम हुनुपर्ने समेत बताए । वालिङ भुम्रेकी ७५ वर्षीय शोभा कुमाल भन्छिन्, “जेष्ठ नागरिकहरुलाई सेवा गर्नुपर्छ सेवा घरबाटै शुरु हुनुपर्छ” । विभिन्न क्षेत्रमा समय व्यथित गरेका जेष्ठ नागरिकहरुको अनुभव, सिप र सल्लाहलाई स्थानीय प्रदेश तथा संघीय तहमा लिपिबद्ध हुनुपर्ने उनीहरुको भनाई छ । वालिङ नगरपालिकाले १४ वडाका २८ जना ७० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गरेको हो । 
कार्यक्रममा नगरउपप्रमुख कल्पना तिवारीले हिजोको समाज र आजको समाजबीच धेरै  परिर्वतनहरु आईसकेको भन्दै तिवारीले भनिन्, “हिजोको समाज ठुलो परिवारमा बस्थ्यो त्यो अवस्था अहिले छैन् । बढ्दो परिर्वतनशीलताले समाजलाई प्रत्यक्ष असर पारेको छ ” । जेष्ठ नागरिकहरुको अनुभव र सल्लाह सुझावलाई समेट्दै स्मार्ट वालिङको अवधारणामा जनप्रतिनिधि लागी परेको बताईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले जेष्ठ नागरिक सम्मान व्यवहार भएको भन्दै यो  व्यवहार घरदेखि नै हुनुपर्ने बताए । नगरपालिकाको उपयुक्त स्थानहरुमा जेष्ठ नागरिकहरुको अनुभव आदानप्रदान गर्ने, भजनकृतन गर्ने जेष्ठ नागरिकहरुलाई जमघट गर्ने अवसर सृजना गर्नका लागी नगरपालिकाले निर्णय गरेको भन्दै सो निर्णयलाई छिट्टै कार्यान्वयनमा ल्याउने बताए । कार्यक्रममो सञ्चालन प्रशासकिय साखा अधिकृत बाबुराम न्यौपानेले गरेका थिए । 
सोमबार २८औँ जेष्ठ नागरिक दिवस मनाईरहँदा पुर्व सैनिक तथा सैनिकका परिवारले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारतिय, बेलायती, सिंगापुर, भारतस्थित सिभील कम्पनिबाट अवकास  प्राप्त व्यक्ति तथा पुर्व सैनिकहरु तथा एक महिलाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरिएको भन्दै जेष्ठ नागरिकहरुले आईतबार वालिङ नगरकार्यपालिकाको कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो । 
ज्ञापन पत्र बुझ्दै स्थानीय सरकार संघिय सरकारको निर्णय अनुसार नै चलेको भन्दै ज्ञापन पत्र सम्बन्धीत निकायमा पेश गरीने नगरउपप्रमुख कल्पना तिवारीले बताईन् । पुर्व सैनिकहरुको सामाजिक सुरक्षा भत्त कटौती गर्नु निकै दुखको विषय भएको भन्दै स्थानीय तहबाट हुने सबै पहलहरुप्रति प्रतिवद्ध रहेको उपप्रमुख तिवारीले बताईन् । ज्ञापन पत्रमा सामाजिक सुरक्षा भत्ता आँफूहरुलाई कुनै सुचना बिना नै कटौती गरिएको भन्दै दुख व्यक्त गरिएको छ । गौरवसाली संस्था भुतपुर्व  सैनिक संघसंग कुनै छलफल नगरी गैह्र नेपाली सरह व्यवहार गरिएको भन्दै सो निर्णयको भत्सना गरिएको छ । वर्षौँदेखि खाईपाई आएको भत्तालाई अन्य नेपाली नागरिक सरह उपलब्ध गराउन नेपाल सरकारसंग जोडदार माग गरिएको छ । जिल्ला सैनिक बोर्ड वालिङका पुर्व सेक्रेटरी सुवेदार शेरबहादुर क्षेत्रको नेतृत्वमा पुर्व सैनिक तथा परिवारहरु गरी २ सय ३२ जनाको हस्ताक्षरसहित ज्ञापन पत्र पेश गरिएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...