अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

चाडपर्व नजिकिँदै गर्दा यात्रु सहायता कक्ष

रेडियो आँधीखोला,
वालिङ १५, आश्विन । 
चाडपर्वको आगमनसंगै यात्रुहरुको गुनासो सुन्ने यात्रु सहायता कक्ष वालिङ १० मा स्थापना गरिएको छ । दँशै तिहार जस्ता मुख्य चाडपर्वहरुलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय वालिङ र ट्राफिक पोष्ट वालिङले यात्रु सहायता कक्ष स्थापना गरेको हो । चाडपर्वका बेला यातायातमा विभिन्न खाले समस्या, भाडा बृद्धि, सिटसंङख्या भन्दा बढी राखी यात्रुलाई असहज अवस्था सृजना गर्नेलगायतका समस्या भए यात्रुले सहायता कक्षमा सम्र्पक गर्न सक्नेछन् । कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रेले चाडपर्वको समयमा मानिसको आवातजावतमा चाप स्वतः बढी हुने भएकाले यात्रु व्यवस्थापन तथा सहजताको लागी ट्राफिकहरुको समेत प्रमुख भुमिका रहने बताउनुभयो । साथै उहाँले यात्राका क्रममा कुनै असुविधा भएको खण्डमा सहायता कक्षमा सम्र्पक गर्न सक्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन पोष्टका प्रमुख तेजबहादुर रावलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...