अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

वालिङमा नेविसंघकोे अन्र्तक्रिया

रेडियो आँधीखोला,
वालिङ १५, आश्विन । 
नेपाल विद्यार्थी संघ साविक क्षेत्र नं. २ को आयोजनामा सोमबार वालिङमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा कागे्रसका महाधिवेसन प्रतिनिधि तथा पुर्व केन्द्रिय सदस्य दिपक भट्टराईले नेविसंघ विचार र संस्कार दुवै भएको संस्था भएकाले भन्दै अन्याय र अत्याचार विरुद्ध हिजो, आज र भोली उत्तिकै सक्रियताका साथ लागी पर्ने बताउनुभयो । साथै उहाँले नेविसंघ कमजोर हुँदा पार्टी समेत कमजोर हुने भन्दै पार्टीभित्रका तिक्तता अन्त्य गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेविसंघ स्याङजा काठमाडौ सम्र्पक समितिका सभापति दिपेन्द्र क्षेत्रि, नेविसंघ कास्कीका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद पौडेल, जनप्रिय क्याम्पस इकाई सभापति प्रबिन पौडेल, डब्लू आर सि कलेजका पुर्व सभापति अमन भुसाल, पिएन क्याम्पस पशपति भट्टराई, महाधिवेसन प्रतिनिध विष्णु पौडेल, दिक्षान्त खांणलगायतले बोल्नुभएको थियो । क्षेत्रिय सचिव चुत्रबहादुर महतले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष धु्रव पंगेनीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...