अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

पुस्तकालय स्थापना भएको विद्यालयमा अनुगमन

रेडियो आँधीखोला,
वालिङ १५, आश्विन । 
जिल्ला सदरमुकाम पुतलीबजार स्थीत बाड्खोलामा रहेको सुर्याेदय क्लबले वालिङ नगरपालिका २ मा रहेको बाँसपानी आधारभुत विद्यालयमा रहेको एक कार्यक्रमका विच पुस्तकालय अनुगमन गरेको छ । उक्त विद्यालयमा एक महिना अगाडी रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सुर्याेदय क्लबले लाईबेरी स्थापना गरेको थियो ।  पुस्तकालय अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख सिताकुमारी सुन्दासले जिर्ण बन्दै गएको विद्यालयमा पुस्तकालय स्थापना गरेर सुर्याेदय क्लबले उदाहरणीय कार्य गरेको धारणा व्यक्त गर्नुभयो ।  त्यस्तै गरी शिक्षा एकाई प्रमुख घनश्याम पौडेलले नेपाल सरकारले गर्नुपर्ने काम रुम टु रिडले गरेका बताउनुभयो 
 
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्मा, वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारी, पत्रकारहरु ओमप्रकाश शर्मा, रोशन लामिछाने र मोहन गुरुङ लगाएतको सहभागीता रहेको थियो । जिल्लाका ४ पालिकामा रहेका केही विद्यालयरुमा संचालीत पुस्तकालयहरु बहुउपयोगी रहेको सुर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो । विद्यार्थीहरुलाई सिकाउन पुस्तकालयले धेरै सहयोग गरेको बाँसपानी आधारभुत विद्यालयका प्रअ घनश्याम अधिकारीले बताएउनुभयो ।
 
त्यसैगरी वालिङ बजारमा संचालीत साक्षरता कार्यक्रम अन्तरगत पुस्तकालय पढाइ गतिविधि आधारभुत तालिमको समेत अनुगमन गरिएको थियो । तालिमको आयोजना सुर्याेदय क्लबले आयोजना गरेको हो भने वालिङ, गल्याङ, चापाकोट नगरपालिकाले र कालिगण्डकी गाउँपालीकाले समन्वय गरेका हुन् । शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने मुल नाराका साथमा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम संचालन भएको क्लबका सचिव रमेश गोदारले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...