अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

निर्मित भवन हस्तान्तरण

रेडियो आँधीखोला,
वालिङ १५, आश्विन । 
राष्ट्रिय पुननिर्माण इकाई आयोजना कार्यान्वयन इकाई शिक्षा स्याङ्जाद्धारा निर्मित भवन पुतलीबजार नगरपालिका ३ स्थित पुण्यशिला आधारभूत बिद्यालयलाई आज हस्तान्तरण गरेको छ । भूकम्पका कारण क्षति पुगेको ३ कोठे बिद्यालय भवन हस्तान्तरण गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख बाबुराम बरालले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजी उपाध्याय र प्रधानाध्यापक लेखनाथ शर्मालाई हस्तान्तरण गर्नुभएको हो । 
बिद्यालय भवन ३१ लाख ७५ हजार रुपैंयाको लागतमा तत्कालिन शिक्षा बिभाग तथा समन्वय इकाईको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण पुरा भएको हो । कार्यक्रममा पुतलीबजार नगर शिक्षा प्रमुख निलकण्ठ ढकाल, इन्जिनियर अनुप श्रेष्ठ, स्रोतब्यक्ति ऋषिराम शर्मा, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, वडा सदस्य तेजप्रसाद उपाध्याय, सुआहारा कार्यक्रम अधिकृत अनिता काफ्ले, शिक्षा अभिभावक संघ अध्यक्ष गुरुप्रसाद उपाध्याय, सदस्य भीमकुमारी शर्मा, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम उपाध्याय, समाजसेवी सूर्यबहादुर मल्ल, बालक्लवका सचिव सन्ध्या मरासीनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजी उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका बन्दना लम्सालले स्वागत एवं प्रधानाध्यापक लेखनाथ शर्माले संचालन गर्नुभएको थियो । 
सोही कार्यक्रममा वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठले बिद्यालयलाई पूर्ण सरसफाई घोषणा गर्नुभएको छ । यसैगरी, जेष्ठ नागरिक दिवसको अवसर पारेर बिद्यालयले चन्दादाता एवं जग्गादाताहरु कालीकादेवी शर्मा, देवीसरा उपाध्याय र दलबहादुर मल्ललाई सम्मान गरेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...