अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

सहकारीले बलेनीमा बसेकालाई कौसीमा तान्नुपर्छः मन्त्री अर्याल

news

रेडियो आँधीखोला,
वालिङ, २६ आश्विन  ।
भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा कुमारी अर्यालले सहकारी अभियान सबै धनी हुने अभियान भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा रहेको उपकार वचत तथा ऋण सहकारी संथाको २६ औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन गर्दै मन्त्री अर्यालले व्यक्ति व्यक्ति मिलेर समुहमा आवद्ध भई सबैमा समानता ल्याउने बाटो सहकारी भएको बताउनुभयो । 
मन्त्री अर्यालले भन्नुभयो,  “कौसीर्मा मात्रै नभइ तल बलेनीमा बसेकालाई समेत कौसीमै लैजान सहकारीको प्रमुख भुमिका रहन्छ” । सहकारी नाफामुखी भन्दा पनि नागरिकलाई कसरी समुहमा आवद्ध गराउने, बचतको बानी बसाल्ने, उनीहरुका समस्या सरल तथा सहज समाधानमा कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्नेमा मन्त्री अर्यालले जोड दिनुभयो । 
सहकारीको माध्यमबाट गाउँगाउँका भुपडीमा बसेका जनताहरुलाई उद्दमशीलता बनाउने र गरिबिको निवारण गर्ने उद्देश्यका साथ सरकार अगाडी बढेको मन्त्री अर्यालको भनाई छ । 
अब गरिबि निवारणको माध्यम बन्नु पर्ने बताउदै सहकारी उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो  । पश्चिमाञ्चमै उत्कृष्ट सहकारीको रुपमा रहेको उपकार वचत तथा ऋण सहकारीले संस्थाले ३ करोड ४२ लाखको लागतमा भवन निर्माण गरि आफ्नै भवन बाट कारोबार गदै आएको छ । 
कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमबहादुर विश्वकर्मा, प्रदेश सांसद मोहन रेग्मी, दिपक चर्ती मगर, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला लगायतले बोलनु भएको थियो भने संथाका अध्यक्ष पुण्यप्रसाद अर्यालले संस्थाको वार्षीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...