अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

मन्त्री अर्यालद्धारा मालपोत कार्यालय वालिङको शिलन्यास

news

रेडियो आँधीखोला,
वालिङ, २६ आश्विन  ।
मालपोत कार्यालय वालिङको शुक्रबार भवन शिलान्यास गरिएको छ । भवनको भूमि ब्यवस्था गरिवी निवारण तथा सहकारी मन्त्री पदमाकुमारी अर्यालले शिलान्यास तथा अनलाईन सेवाको सुभारम्भ गर्नुभएको हो । भवन शिलान्यास समारोहमा बोल्दै मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा देखिएका बेथितिहरुको अन्त्यका लागि आँफू प्रतिबद्ध रहेको बताउनुभयो ।
 
“मालपोत तथा नापी कार्यालयहरुमा आउने सेवाग्राही कुनै गुनासो लिएर फर्कनुपर्ने अवस्था नआओस्” मन्त्री अर्यालले भन्नुभयो, “सुशासन, भ्रष्टाचार तथा आएका गुनासाहरुको अन्त्यका लागि काम अघि बढीसकेको र ठाउँ ठाउँमा कर्मचारीहरु समातिएकोले यसको पुष्टि गरिसकेको छ ।” मालपोत कार्यालयप्रति सर्वसाधारणले हेर्ने दृष्टिमा परिवर्तन हुने गरी मालपोत सुधारका कार्यहरुको थालनी भएको छ । 
 
स्थानीयहरुले उपलब्ध गराएको जग्गामा दुई वर्षभित्रमा करिब ५ करोड ६ लाखको लागतमा भवन निर्माण सम्पन्न हुने जनाईएको छ । १ सय ३१ वटा कार्यालयमध्ये अनलाईन सेवा सुरु गर्नेमध्ये वालिङ ३६ आंै कार्यालय हो । मालपोत कार्यालय वालिङमा जिल्ला सदरमुकाममा रहेको कार्यालयमा भन्दा धेरै सेवाग्राहीले सेवा लिने गरेका छन् ।
 
शिलान्यास समारोहमा गण्डकी प्रदेश सदस्य मोहनप्रसाद रेग्मी, भूमि ब्यवस्था विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, जिल्ला समन्वय समितिका उप प्रमुख दिलिपकुमार बगाले, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, भूमि ब्यवस्था विभागका आईटी निर्देशक रामभक्त भट्ट, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूण्यप्रसाद अर्याल, जग्गादाताहरुमध्येबाट सरस्वती अर्याल तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 
वालिङ मालपोत कार्यालयका मालपोत अधिकृत हरिकृष्ण सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जीवनाथ पौडेलले गर्नुभएको थियो ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...