अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

नेपाली काँग्रेस स्याङ्जाको एक महिने जागरण अभियान

news

 
रेडियो आँधीखोला,
वालिङ २६, आश्विन ।
नेपाली काँग्रेस स्याङ्जाको एक महिने जागरण अभियान जारी रहेको छ । अभियान अन्र्तगत जिल्लाका ११ तहका हरेक वडामा कार्यक्रम भईरहेका छन् । यसैबीच उता पुतलीबजार १४ मा जागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको समुद्घाटन गर्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा युवानेता अर्जुनप्रकाश अर्यालले काँग्रेस कार्यकर्ताहरू अव जागरुक हुुनुपर्ने भन्दै कागे्रस मुलुक र जनतामा सर्मपित हुनुपर्ने बताउनुभयो । 
 
साथै उहाँले कम्युनिस्ट सरकारको सकरात्मक कार्यलाई सहयोग र नकरात्मक कार्यप्रति खबरदारी गर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि महासमिति सदस्य हिरादेबी शर्मा, सुन्दर केसी, रविन केसी, विषेश्वरप्रसाद गिरी, करिनबक्स मियाँ, ध्रुवबन्धु पौडेल, अग्निप्रसाद भण्डारी, देविप्रसाद ढकाल, ईश्वरी ढकाल, रनबहादुर शाह, पुण्यप्रसाद भण्डारीलगायतले बोल्नुभएको थियो । वडा सभपाति जितेन्द्र मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत हुमनाथ ढकाल र सञ्चालन राजेन्द्र भण्डारीले गर्नुभएको थियो । 
 
त्यस्तै पुतलीबजार नगरपालिका १० मा जागरण कार्यक्रम गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै  कागे्रस पूर्व जिल्ला सभापति विश्वप्रेम अधिकारीले मुलुकको बिभिन्न संकटकालिन अवस्थामा नेतृत्व लिएर नेपालीलाई स्वतन्त्र नागरिक बनाउन नेपाली कांग्रेसको गौरबमय इतिहास भएको बताउदै  विपिको समाजवादलाई सबैले अध्ययन गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रममा पूर्व सभापति जगतबन्धु अर्याल, कार्यक्रम संयोजक अर्जुनप्रकाश अर्याल, महासमिति सदस्य हिरादेवी शर्मा, कांग्रेस नेता चन्द्रमणी पौडेल, पुतलीबजार महिला संघ सभापति शक्तिचन्द्र अधिकारी, वडा नं. ११ का सभापति दुर्गाप्रसाद पौडेल, समाजसेवी सुनिलकुमार अर्याल, किरणबन्धु अर्याल, मुक्ति अधिकारी, खडानन्द अधिकारी, वडा सदस्यहरु दीलबहादुर थापा, दिलकुमारी सार्की लगायतले मन्तव्य राख्नु भएको थियो । 
 
वडा अध्यक्ष  दुर्गबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सदस्य अग्नीप्रसाद पौडेलले स्वागत वडा सदस्य सुरज अधिकारीले धन्यवाद एव तरुण नेता प्रकाश कोइरालाले संचालन गर्नुभएको थियो । 
 
उता आधीखोला गाउपालिका ४ स्थित बाङ्सिङमा कार्यक्रम गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै  क्षेत्रीय सभापति तुलसीराम रेग्मीले पार्टी एकाताको खाचो भएको औल्याउदै संगठन सुदृढीकरणमा कांग्रेस नेता तथा कार्यकर्ता एकजुुट हुनु पर्ने बताउनुभयो । 
 
कार्यक्रममा महाधिवेशन प्रतिनिधी प्रेमराज पौडेल, सदस्य पृथ्वीप्रसाद पोखरेल, पूर्व महाधिवेशन प्रतिनिधि मुन्ना शेख, कांग्रेस नेता रेमश शर्मा, चोलाराम पौडेल, अम्बर बहादुर रानाभाट, लिलाराज पौडेल लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । वडा अध्यक्ष  खेमराज पौडेलकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव डिल्लीराम पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...