अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

लिफ्टिङ खानेपानी योजनाको उद्दघाटन

news

रेडियो आँधीखोला,
वालिङ २६, आश्विन ।
भीरकोट २ स्थित कालिका मन्दिर सारुथाके लिफ्टिङ खानेपानी योजनाको उद्दघाटन गरिएको छ । खानेपानीको उद्दघाटन गर्दै नगरप्रमुख छायाराम खनालले मन्दिरका भक्तजन तथा सारुथोकका बासीन्दालाई पानीको सुविधा घरघरमा पुगेको भन्दै पानीलाई उचित सदुयोग गर्दै आत्मनिर्भर हुन समेत आग्रह गर्नुभयो । साथै प्रमुख खनालले कालिका मन्दिरमा पुजापाठ समेत गर्नुभएको छ । 
 
नवदुर्गा पूजा अवधिभर गरिने पुजा व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सिमा केसी कर्माचार्य, नगरप्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसी, २ का अध्यक्ष कमल त्रिपाठी, ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, मन्दिर व्यवस्थापन समिति अध्यक्ष क्या. कृष्णबहादुर अधिकारीलगायतले बोल्नुभएको थियो । 
 
नगरपालिकाको ४ लाख र वडाको २ लाख गरी ६ लाखको लागतमा योजना सम्पन्न भएको हो ।  योजनाबाट सारुथोकका ३० घरधुरीमा घरघरमा धारा जडान गरिएको छ । मन्दिर तल १ सय ५० मीटर तल  रहेको मुलबाट पानी लिफ्टिङ गरी पानी मन्दिर तथा स्थानीयलाई पु¥याईएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...