अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

रोयल को अपरेटिभ सोसाइटी लिमिटेडको १७ औं साधारणसभा

 
रेडियो आँधीखोला,
वालिङ २६, आश्विन ।
रोयल को अपरेटिभ सोसाइटी लिमिटेडको १७ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ। साधारणसभाको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सहकारीले पुजी संकलन गनर्’ र परिचालन गनर्’ मात्र सहकारीको नभई उत्पादनशील क्षेत्रमा लगानी गनर्’ पर्ने बताउनुभयो । 
 
बिपन्न बर्गमा लगानी गरेर दिगो र समतामुलक आर्थिक विकासमा लगानी गर्न सहकारीलाई प्रअिज निरौलाले जोड दिनुभयो । कार्यक्रममा न्यायधीबक्ता इश्वरीप्रसाद ढकाल, सहकारीका सल्लाहकार संयोजक खगेन्द्रराज रेग्मी, संस्थापक प्रवन्धक भरतराज ढकाल, संस्थापक अध्यक्ष जगतबन्ध’ अर्याल, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष विक्रान्तक’मार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, जिल्ला सहकारी संघका उपाध्यक्ष संघ ताम्राकार, स्याङ्जा बचत तथा ऋण सहकारी संघका अध्यक्ष रबिन्द्रप्रसाद श्रेष्ठ, चण्डिकालिका बचत तथा ऋण सहकारीका अध्यक्ष महेशकुमार श्रेष्ठ, शितला बचत तथा ऋण सहकारीका शक्तिचन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारणसभामा सचिव एवं प्रवन्ध निर्देशकले बार्षिक नीति कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका संयोजक देवराज ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यवाहक अध्यक्ष शेरबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष बद्री श्रेष्ठले स्वागत एवं शिक्षा उपसमिति सदस्य प्रकाश डोटेलले गर्नुभएको थियो । 
 
यसैबीच, रोयल सहकारीका संस्थापक अध्यक्ष जगतबन्धु अर्याल, असल ऋणि महेश्वर राना, र उत्कृष्ठ कर्मचारी सुधा अर्याललाई सम्मान गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...