अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

गह्रौँसुर मन्दिरमा सुनको गजुर तथा ताम्र छादन

news

 
 
वालिङ, २८ आश्विन ।
स्याङजाको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर मन्दिरमा आज स्र्वण गजुर तथा ताम्र छादन अनावरण गरिएको छ । समाजसेवी एवं उद्योगी व्यवसायी डोलराज शर्माले आफ्ना माता पिताको स्मृतिमा मन्दिरमा सुनको गजुर तथा तामाको छाना चढाउनुभएको छ । अनावरण कार्यक्रममा बोल्दै विशेष अदालतका न्यायधिस बाबुराम रेग्मीले समाजसेवी शर्माले सेवाको भावनाबाट ओतप्रोत भई सामाजिक कार्यमा पु¥याउनुभएको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले चाहान भएमा स्रोतहरु जतिपनि जुट्ने बताउँदै आफ्नो संसार कस्तो बनाउने भन्ने कुरा आफ्नै कर्मले निर्धारण गर्ने उल्लेख गर्नुभयो । 
 
अवसरहरु प्रत्येक मानिसलाई आउने तर त्यसको सदुपयोगले मानिस सफल र दुरुपयोगले असफलता हात  लाग्ने रेग्मीले बताउनुभयो । कार्यक्रममा समाजसेवी डोलराज शर्माले आँफूले विगतदेखि नै मन्दिरको निर्माण कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि भौतिक संरचनाहरु निर्माणका लागी निरन्तर लाग्ने बताउनुभयो । शर्माले मन्दिर समितिले आँफूलाई एउटा ईतिहास रच्ने मौका प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले समाजसेवी शर्माले मन्दिरको पूजा व्यवस्थापन र भौतिक संरचना निर्माणलाई व्यवस्थित बनाउन गर्नुभएको सहयोग अनुकरणीय रहेको बताउनुभयो । 
 
प्रमुख खांणले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय संभावना बोकेको गह्रौसुर सम्म पुग्न सडको  पहुँच तथा पैदल मार्गहरु निर्माण गर्ने बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा. बासुदेव भण्डारी, उपसचिव लेखनाथ शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सुनको गजुर, तामाको छाना तथा मन्दिर परिसरमा लगाईएको टायलका लागी समाजसेवी शर्माले आर्थिक सहयोग गर्नुभएको हो भने समाजसेवी शर्माकै पहलमा आज १० लाख २ हजार ५ सय ५० रुपैँया प्राप्त सहयोग मन्दिरलाई हस्तान्तरण गर्नुभएको छ । 
 
सो अवसरमा समाजसेवी शर्मा एवं परिवार र संस्थाको तर्फबाट महत्वपुर्ण योगदान पु¥याएको भन्दै कोषाध्यक्ष केशभक्त गुरुङलाई सम्मान समेत गरिएको थियो । गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दुर्गाप्रसाद उपाध्याय, सञ्चालन कोपिलमणि खनाल र धन्यवाद तिलकराम उपाध्यायले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...