अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

गाउँपालिकाका अध्यक्षद्वारा प्रहरी जवानमाथि हातपात, प्रहरीले विवाद सिर्जना गर्नेलाई संरक्षण गरेको मानन्धरको आरोप

रेडियो आँधीखोला,
वालिङ, ७ कार्तिक । 
स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी जवानमाथि हातपात गरेका छन् । हरिनास गाउँपालिकाको क्याक्मीमा जारी भलिबल प्रतियोगितामा भएको विवाद मिलाउन गएका प्रहरी जवान रामनारायण चौधरीलाई गाउँपालिकाका अध्यक्षले हातपात गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
 
“आँफू असुरक्षित भएँ भनेर प्रहरीलाई बोलाउने अनि सुरक्षाका लागि गएको प्रहरीमाथि नै हातपात गर्नु दुखद पक्ष हो” स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जयराज सापकोटाले भन्नुभयो, “कानूनको पालना गर्ने प्रहरीमाथि नै अनुमानका भरमा हातपातको घटना भएको छ उक्त घटनालाई छानविनको प्रक्रियामा ल्याउने छौं ।”
 
अरु कोही सर्वसाधारणहरुले झैझगडा विवाद गरेको अवस्थामा गाउँपालिकाको अभिभावकको नाताले सम्झाउने बुझाउने र प्रहरीलाई सहयोग गर्ने ठाउँमा उल्टै सुरक्षाका लागि खटिएको प्रहरी माथि जाई लाग्नु राम्रो नभएको प्रहरी उपरिक्षक सापकोटाको भनाई थियो ।
 
“जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा छिटो पठाउन सकिने अवस्था छैन घटनास्थल गाडीमा जाँदा पनि झण्डै ४÷५ घण्टाको दूरीमा पर्छ त्यसैले घटनालाई छिटोभन्दा छिटो नियन्त्रणमा लिन घटनास्थलबाट नजिकको दूरीमा रहेको प्रहरी टोलीलाई सुरक्षाका लागि घटनास्थलमा पठाएको हुँ” प्रहरी उपरिक्षक सापकोटाले भन्नुभयो । 
 
“भलिबल खेल भैरहेको ठाउँमा मञ्च भत्काउने, कुर्सी, टेवल, शिल्डहरु तोडफोड तथा हातपात सुरु भयो र विगतमा पनि यस ठाउँमा झडप भएकाले मैंले प्रहरीसँग सुरक्षाको माग गरेको हुँ” गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पठाउन आग्रह गरेँ तर जिल्लाबाट नभई दार्सिङ प्रहरी चौकीबाट आएको प्रहरीले विवाद सिर्जना गर्नेहरुकै पक्षलाई ढाकछोप ग¥यो ।” प्रहरीले विवाद सिर्जना गर्नेलाई नै संरक्षण गरेको गाउँपालिकाका अध्यक्ष मानन्धरको आरोप छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...