अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

जंगलमा साहित्य गोष्ठि

रेडियो आँधीखोला,
वालिङ, ७ कार्तिक । 
हरिनास गाउँपालिका ५ हरिनास जंगलमा ज्याग्दीखोला साहित्य प्रतिष्ठानले बुधबार साहित्य गोष्ठि, पुस्तक लोर्कापण तथा साधारण सभा गरेको छ । सामाजिक तथा सस्कृति रुपान्तरणका लागि साहित्य अभियान भन्ने नाराकासाथ साहियत्यको प्रर्बद्धन गर्ने उदेश्यले जंगलमा कार्यक्रम गरिएको हो । 
 
कार्यक्रममा अग्रज साहित्यकार डा रबिलाल अधिकारीले साहित्य समाजको गहना भएको बताउनुभयो । साहित्य सबै नागरिकमा हुने बताउदै अधिकारीले देखाउने शैलीमात्र फरक भएको बताउनुभयो ।  कार्यक्रममा साहित्यकार अधिकारीले प्रतिष्ठानको ज्याग्दीखोलाको तरंग भाग  १२ को बिमोचन गर्नु भएको थियो ।
 
कार्यक्रममा काठमाडौ, ललिपुर, भक्तपुर, चितवन, गोर्खा, धादिङ्, कास्कि, पर्वत, तनहु, स्याङ्जा, भारतको सिक्किमबाट साहित्यकारको उपस्थिति रहेको थियो । कार्यक्रममा महेश प्रसाई, डा डिल बहादुर क्षेत्री, किशोर पहाडी, अमर बानियाँ लोहरु, मुकुन्द अर्याल, असिम सागर, सारदा पराजुली, छायाँ लामा, संगम प्रसाई, सुरज प्रसाई, बिश्व प्रेम अधिकारी, मित्रलाल पंगेनी, गोबिन्द रेग्मी, लोक बहादुर थापा, अभि श्री प्रसाँई, रामराज रेग्मी, नारायण मरासिनी, भुपिन ब्याकुल, दिपेन्द्र सिहँ थापा लगायतका तिन दर्जन अग्रज साहित्यकारले कबिता, कथा, गजल पस्केका थिए ।
 
गोष्ठि तथा प्रथम सधारण सभाले पुन देबेन्द्र लम्सालको अध्यक्षतामा १५ सदस्यिय ज्याग्दी खोला साहित्य प्रतिष्ठन समेत बनाएको हो । समितिको उपाध्यक्षमा अग्नि कुमार पल्लभ, सचिबमा शालिकराम लम्साल, कोषाध्यक्षमा अर्जुन प्रसाद लम्साल, सहसचिबमा भागवत भट्राई रहनु भएको छ । त्यस्तै सदस्यमा रेशम गोतामे, गोपाल अधिकारी, गायत्री लम्साल, मुकुन्द डोटेल, प्रेम हमाल, रन बहादु खड्का, श्यामलाल गिरी, नारायण मरासिनी रहनु भएको छ । गोष्ठिमा साहित्यकार सुकुम शर्माले मगर भाषाको इतिहास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने लोक बहादुर थापाले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा ६ बुदे हरिनास घोषणा पत्र जारि गर्दै सकिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...