अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

दामोदर उत्सवको १६औँ वार्षिकोत्सव

रेडियो आँधीखोला,
वालिङ, ७ कार्तिक । 
स्याङ्जाको गल्याङ नगरपालिका–१, उत्तरवाहिणी क्षेत्रमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा दामोदर उत्सवको १६ औँ वार्षिक उत्सव कार्यक्रम सुरु भएको छ । कोजाग्रत पुर्णिमाका दिनदेखि सुरु हुने यो उत्सव मंसिर सात गते सम्म एक महिना सञ्चालन हुने छ ।
 
महालिङ्गधाम मालुङ्गामा आज भन्दा १५ वर्ष पहिले देखि घरघरमा गएर दामोदर मासको संकृतन गर्ने चलन भएकोमा यस वर्ष देखि गल्याङ नगरपालिका तथा रम्भा गाउँपालिका पाल्पाका विभिन्न टोलमा गएर संकृतन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व हिन्दू जागृत समिति भारतका राष्ट्रिय मार्गदर्शक चाणुदत्त पिङ्लेले सनतातनधर्म संसारकै सवै भन्दा प्राचिन धर्म भएकाले यो धर्मको रक्षा गर्नु संसारका हरेक मानिस जातिको कर्तव्य भएको बताउनुभयो ।
 
दामोदर उत्सवको १६ औँ वार्षिक उत्सवका कार्यक्रम संयोजक नन्दलाल वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका उपाध्यक्ष शालिकराम वस्यालले गर्नुभएको थियो । सञ्चालन संस्थाका महा–सचिव सोमनाथ न्यौपानेले गर्नुभएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...