अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

स्व. तारादेवि अर्यालको ५औँ दिनको पुण्यतिथिमा तमादीमा श्रद्धान्जली

रेडियो आँधीखोला,
वालिङ ९ कार्तिक ।
भुमि व्यवस्था, सहकरी तथा गरिवि निवारण मन्त्री पद्मा कुमारी अर्यालकी स्व. ममतामयी माता तारादेवि अर्यालको निधनको ५औँ दिनको पुण्य तिथिमा शुक्रबार उहाँकै निवास वालिङ १४ तमादीमा श्रद्धान्जली गरिएको छ । श्रद्धान्जली कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तिलक महतले स्व. माता अर्यालको निधनले सिंगो नेकपा पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । साथै उहाँले आफ्ना सन्तानलाई पार्टीमा सक्रिय भुमिका निर्वाह गर्नका लागी निभाउनुभएको उहाँको भुमिका निकै महत्वपुर्ण रहेको बताउनुभयो । 
कार्यक्रममा नेकपाका नेता चक्रबहादुर पराजुलीले स्व. तारादेविको निधनले एक अभिभावक गुमाएको महशुस भएको भन्दै आफ्ना सन्तानलाई सही मार्गमा हिडाउँन उहाँको भुमिका शसक्त रहेको स्मरण गर्नुभयो । साथै पराजुलीले शोकलाई शक्तिमा बदल्नुपर्ने भन्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका शैलेन्द्र घिमिरे, कागे्रसका गोपाल गैह्रेलगायतले शोक मन्तव्य राख्नुभएको थियो । सांसद मिनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामचन्द्र भट्टराईले गर्नुभएको थियो । 
साथै हिजो नै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, प्रदेश मन्त्रीहरु हरिबहादुर चुमान, विकास लम्साल, नरदेवि पुन, प्रदेश सभामुखलगायतले स्व. अर्यालप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । स्व. अर्यालको ८५ वर्षको उमेरमा यही कार्तिक ५ गते निधन भएको थियो । उहाँको ४ छोरा ४ छोरी रहनुभएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...