अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

नेपाली काग्रेसको जागरण कार्यक्रम

रेडियो आँधीखोला,
वालिङ ९ कार्तिक ।
नेपाली काग्रेसको जागरण कार्यक्रम हिजो स्याङजाको पुतलीबजार नगरपालिका ३ मा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कागे्रस क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालले कागे्रसको नेतृत्वमा मुलुकमा धेरै उपलब्धीहरु संस्थागत भएका स्मरण गर्दै कागे्रस विना विकास र समृद्धि असंभव रहेको बताउनुभयो । साथै उहाँले कागे्रस मजबुद र संगठित हुनुपर्ने भन्दै जनताको समस्या समाधनमा पार्टी अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा क्षेत्र नं. १ का सभापति तुल्सीराम रेग्मी, महासमिति सदस्य हिरादेवि शर्मा, नेपाल महिला संघकी पुर्व जिल्ला सभापति मखमली श्रेष्ठ, जिल्ला सदस्य तारा मल्ल र मेघबहादुर खड्का, सिता गोदार, क्षेत्रबहादुर थापा, केदारप्रसाद उपाध्याय, कृष्णमान श्रेष्ठ, अमिरबक्स मियाँ, श्रीराम उपाध्याय, दिर्घनारायण शर्मा, नविन श्रेष्ठ, दीर्घनारायण मरासिनी, अनुप श्रेष्ठलगायतले बोल्नुभएको थियो । 
कागे्रस वडा संयोजक नरबहादुर गोदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन कमलकान्त उपाध्यायले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...