अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Morden Song

समाचार

अक्तियार प्रमुख बनाउने नेताले संसदमा माफ माग्नु पर्छ ः भट्टराई

वालिङ, कार्तिक ११
 
नयां शक्ति पार्टी नेपालका केन्द्रिय अभियन्ता निर्मल भट्टराईले लोकमान सिंह कार्कीलाई अक्तियार प्रमुख बनाउने नेताहरुले संसदमा माफि माग्नु पर्ने बताउनुभएको छ् । नयाँ शक्ति पार्टी नेपाल स्याङजा जिल्ला परिषदले बुधबार विजया दशमी, शुभ दिपावली, बकर इद, छठ र नेपाल सम्बतको अवसरमा आयोजीत शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहांले यस्तो उक्त धारणा व्यक्त गर्नुभएको हो । 
 
भट्टराईले देशको अहिलेको प्रमुख अजेन्डा आर्थिक समृद्धि हो, यो अजेण्डामा सहमत हुने जोकोही नयां शक्तिको अभियन्ता हुन सक्ने बताउदै नयां शक्ति वर्तमान गलत राजनीतिक दलदलबाट देशलाई मुक्त गरेर सफा बैकल्पिक राजनीति तर्फ देशलाई लैजान चाहेको बताउनुभयो । 
 
चियापान कार्यक्रममा पूर्व सभासद खगेन्द्र रेग्मी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, स्थानीय विकास अधिकारी महेश भट्टराई, नेपालि कांग्रेसका शिवकुमार अधिकारी, नेकपा एमालेका शुधिर कुमार पौडेल, माओवादी केन्द्रका शैलेन्द्र घिमिरे र रेडक्रसका चन्द्रमणी पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । 
 
नयां शक्ति पार्टी नेपाल स्याङजाका संयोजक शोभाखर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन अभियनता रामु बस्यालले गर्नुभएको थियामे भने स्वागत पोमनारायण अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...