अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

नेकपा ठुलो पार्टी बन्दा कागे्रस डग्मगायोः नेकपा प्रदेश सचिव नेपाली

news

रेडियो आँधीखोला, 
वालिङ १३ कार्तिक । 
नेकपा स्याङ्जा जिल्ला संयन्त्रले पुतलिबजारमा जिल्ला तथा पालिका स्तरका संयन्त्रको भेला गरेको छ ।  पार्टी एकता पश्चात संगठन नहुदाँ जिल्ला तथा स्थानिय तहको काम कारवाही अगाडी बढ्न नसकेको अवस्थामा बनेको संयन्त्रले काम कसरी गर्ने भन्ने बिषयमा छलफल गर्ने मंगलबार उदेश्यले भेला  गरिएको हो । भेलामा नेकपा प्रदेश सचिब गोबिन्द नेपालीले चिन र भियतनाम पछाडीको सबै भन्दा ठुलो कम्युनिष्ट पार्टी नेपालको भएको बताउनुभयो । 
 
नेकपा निर्वाचन मार्फत सरकारमा जाने बिश्वमै पहिलो भएको बताउदै नेपालीले दक्षिण एसियामा संगठनमा पहिलो भएको बताउनुभयो । नेकपा ठुलो हुदाँ काग्रेस डग्मगाएको बताउदै नेपालीले डरका कारण धेरै प्रपोकाण्ड मच्चाएको बताउनुभयो । सबै कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताउदै सचिब नेपालीले कम्युनिष्ट पार्टी धेरै हुदाँ जनता अलमलमा परेको दाबी गर्नुभयो । सरकारको कामले उत्साह जागेपनि बिपक्षी काग्रेस लगायतको घेराबन्दीका कारण समस्या बनेको बताउनुभयो । उहाँले पर्टीको एकता प्रक्रियाको ढिलाईले पालिका सम्मका गतिबिधी कमजोर बन्दै गएको बताउनुभयो । 
 
पालिका सम्म भएको पार्टी संगठनको कमिलाई संयन्त्रले पुरा गर्ने बताउदै नेपालीले सबै सदस्यलाई आ आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो । पार्टी र सरकार बिच काममा समस्या रहेको बताउदै नेपालीले पार्टीका कारण सरकारमा गएकाले मिलेर काम अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । ५ बर्षमा बर्षमान नेकपाको सरकार सफल सरकार हुने बताउदै नेपालीले अब काग्रेसको सरकार आउन नसक्ने दाबी गर्नुभयो । 
 
एक महिना भित्र पार्टी संगठन पुर्णता पाउने बताउदै नेपालीले संगठनिक एकता सगै भावनात्मक एकता पनि हुने बताउनुभयो । भेलामा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला समन्वय प्रमुख सिता कुमारी सुन्दासले सरकार प्रतिपक्षले भने जस्तो असफल नभई सफल बन्दै गएको बताउनुभयो । 
 
सरकारले बिकास कामलाई पुरा गर्दै गएको बताउदै सुन्दासले जनतामा गरेका सबै बाचा ५ बर्षमा पुरा हुने बताउनुभयो । कार्यक्रममा नेकपा नेता शैलेन्द्र घिमिरे, रामचन्द्र भट्राई, सुर्य प्रसाद गैरे, प्रकाश न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो । भेलामा ५ नगरपालिका र ६ गाउँपालिकाका संयन्त्र सदस्य तथा स्थानिय तह सरकारका अध्यक्ष र उपाध्यक्षको उपस्थिति रहेको थियो । एक महिना पहिला गठन भएको जिल्ला तथा पालिका स्तरको भेला पहिलो पल्ट गरिएको हो । भेलामा एक हप्ता भित्र पालिका स्तरका संयन्त्रको बैठक बस्ने र वडा स्तरमा संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा कार्यालयले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...