अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

प्रवृत्ति परिर्वतन नहुँदा नेपाल जहाँको त्यहीँः नेता गुरुङ

news

रेडियो आँधीखोला,
वालिङ १३ कार्तिक ।
नेपाल शिक्षक संघ अर्जुनचौपारी गाउँपालिकाले दिपावली, छठ, नेपाल संवतलगायतका पर्वको अवशरमा शुभकामना आदानप्रदान तथा भावी रणनिति योजना समिक्षा गरिएको हो । अर्जुनचौपारी ५ डहरे देउराली थाप्लेमा गरिएको कार्यक्रममा बोल्दै नेपाली कागे्रसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपाली कागे्रसले जनताले दिएको मतबाट हिनताबोध गर्ने होईन शक्तिमा रुपान्तरण गरी मुलुकलाई बदल्नुपर्ने बताउनुभयो । 
 
साथै उहाँले देश भष्ट्राचारी चंगुलमा फसेको भन्दै आर्थिक पारदर्शिता प्रमुख पक्ष रहेको बताउनुभयो । साथै उहाँले नेकपाले भ्रमको खेति गरेर जनतालाई गुम्राहमा राखेको भन्दै राण, पञ्चायत र राजा फालेपनि प्रवृत्ति परिर्वतन नहुँदा नेपाल जहाँको त्यही रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा पुर्व सदस्य खगेन्द्रराज रेग्मीले त्याग र सर्मपणबाट प्राप्त उपलब्धीलाई संस्थागन गर्नुपर्ने भन्दै विपिले भनेजस्तै सुकिलो मुकिलोको हातमा पार्टी प¥यो भने प्रजातन्त्र कमजोर हुने बताउनुभयो । त्यस्तै संविधान सभा सदस्य राजु थापाले  दुई तिहाईको दम्भमा वर्तमान सरकारले निरंकुशता लाद्न खोजेको बताउनुभयो । साथै उहाँले कागे्रस संकटमा परेको भन्दै संकट मोचनका लागी सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । 
 
त्यस्तै नेपाल महिला संघ जिल्ला सभापति कल्पना तिवारीले समानताको नारा भएपनि व्यवहारमा ल्याउन नसकिएको भन्दै फराकिलो हृदय लिएर सबैलाई समेट्नुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्याल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, महासमिति सदस्य गोविन्द रानाभाट, महाधिवेसन प्रतिनिधि प्रेमराज पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष भरतप्रसाद लम्सालसहित निवृत्त शिक्षक, बढुवाशिक्षकहरु गरी १५ जना शिक्षकहरुलाई सम्मान गरिएको छ । संघका सभापति विष्णुप्रसाद चापागाँईको सभपातित्वमा सम्पन्न कार्यक्रममा माया केसीले स्वागत र सञ्चालन धनश्याम अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...