अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

प्याराग्लाईडिङको उपाधि कोरियालाई, सामुहिक तर्फ नेपाल तेस्रो

news

कला राना,
रेडियो आँधीखोल १८ कार्तिक ।
आईतबार स्याङजामा सम्पन्न प्रथम प्याराग्लाइडिङ् एक्युरिसी बिश्वकपको उपाधि कोरियाले हात पारेको छ । एकल पुरुष, महिला र समुह गरी तिनै तर्फ कोरियाका खेलाडि विजयी बनेका छन् । एकल पुरुषतर्फ १२ अंकका साथ दक्षिण कोरियाका स्याङ गुई लीम प्रथम भएका हुन् । त्यस्तै द्धितिय र तृतियमा क्रमशः कोरियाकै जिहुन यू र कीम की हेयोन भएका छन् । चौथो चरण सम्म पहिलो रहेका स्लोभेनियाका र्फेलोे जुइक चौथौ स्थानमा चित्त बुझाउनु परेको हो ।  आयोजक नेपालका युकेस गुरुङले आठौ स्थान हात पारेको एफएआईका प्रमुख तथा प्रमुख निर्णायक जोनाडिक उल्गेसाले जानाकारी दिनुभयो ।  त्यस्तै महिला तर्फ दक्षिण कोरियाकी हेयुन हि किमले ५९ अंकका साथ १७ हेलाडीलाई पछाडी पार्दै पहिलो स्थान हात पार्नु भएको हो । महिला दोस्रोमा ७४ अंकका साथ कोरियाकै इउन इयोङ चो र तेस्रो स्थानमा २११ अंकका साथ इन्डोनेसियाकी गिता रेज्की गुन्टारीले हात पारेको उल्गेसाले जानाकारी दिनुभयो ।
 
चौथो स्थान कोरियाकै इन्सुक काङले हात पार्दा आयोजक नेपालकी सरिता तामाङ पाचौ, प्रतिभा भुजेल छैटौ र तिर्सा श्रेष्ठ बमजमले सातौँ स्थान हात पारेका हुन् । त्यस्तै समुहगत खेलमा कोरियाकै गिनग्लाइडरले ९३ अंकका साथ प्रथम, कोरियाकै दभिन्गीले १६४ अंक सहित दोस्रो स्थान हात पारेका हुन् । १८ औ एसियामा एक्युरिसीमा दोस्रो स्थान हात पारेको आयोजक नेपालले तेस्रो स्थानमा चित्त बुझाएको हो । समुह अन्र्तगत चौथामा कोरियाकै स्काकई फ्राइण्ड र पाचौमा नेपालको बिएचसी मालेयाले हात पारेको हो । समुहगत रुपमा प्रतियोगितामा १७ समुहका ६४ पाइलटले सहभागिता जनाएका थिए । 
 
६ चरणमा ४२० उडानमा सबै भन्दा कम अंक ल्याउने खेलाडी र समुहले बाजी मारेको सचिवालय संयोजक अनन्त कुमार श्रेष्ठले जानाकारी दिनुभयो । स्याङजाको भिरकोट ५ महापुर मैदान र वालिङ् ११ डौवामा नेपाल प्याराग्लाइडिङ् तथा ह्याण्ड ग्लाइडिङ संघ, बाबु एडभेन्चर क्लब र नेपाल हवाई खेलकुद संघले अयोजना गरेको प्रतियोगिता १५ गतेबाट शुरु भएको थियो । प्रतियोगितामा नेपाल, साल्भेनिया, साउथ कोरिया, मंगोलिया, मलेसिया, थाइलैण्ड, चिन, क्यानडा, नेदरल्याड, भारत, इन्डोनेसिया, साउदिअरेबिया, सिगांपुरका ५३ पुरुष र १७ महिला गरि ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 
 
प्रतियोगितामा एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार युरो, द्धितीयले ७ सय ५० युरो र तृतियले ५ सय युरो सहित क्रमश स्वर्ण, रजत र कास्य पदक सहित प्रमाणपत्र पाएका थिए भने समूहगत प्रथम हुनेले एक हजार ५ सय, एक हजार २ सय द्धितिय र तृतियले ७ सय युरो सहित मेडल, प्रमाणपत्र तथा क्रमश स्वर्ण, रजत र कास्य पदक  पाएका थिए । जिल्ला समन्वय समिति स्याङ्जाको मुख्य समन्वयमा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो ।
 
 
भुमिब्यवस्था, सहरकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्याङ्जाको चिनारी प्याराग्लाईडिङ भएको बताउनुभयो । स्याङजालाई अन्तराष्ट्रिय स्तरमा चिनाउने भुमिका प्याराग्लाईडिङले गरेको भन्दै यसलाई थप विस्तार तथा व्यवस्थित गर्न सरकारले पहल गर्ने बताउनुभयो । 
 
साथै मन्त्री अर्यालले यहाँ प्याराग्लाईडिङको लागी आवश्यक भौतिक निर्माण गर्न सरकारले आवश्यक प्रक्रिया थाल्ने भन्दै स्थानीय सरकारले समेत यसमा समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री अर्यालले खेल क्षेत्रको विस्तार तथा खेलाडिहरुको योगदानलाई कदर गर्दै खेललाई व्यवसायिक रुपमा लगिने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद दिपक चर्तीमगर, युवा तथा खेलकुद परिसदका सदस्य सचिव केशवराज विष्ट, नेपाल प्याराग्लाइडिङ् तथा ह्याण्ड ग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वालिङ नगरप्रमुख  दिलिपप्रताप खांण, सञ्चालन अनन्त श्रेष्ठ र धन्यवाद भीरकोट नगरप्रमुख छायाराम खनालले गर्नुभएको थियो । 
 
यसैबीच नेपालबाट बिश्वकपमा सहभागिता जनाएका १७ बर्षिय युकेस गुरुङले आठौ स्थान हात पारेका छन् । ३४ जना नेपाली सहभागी भएको प्रतियोगितामा गुरुङ्ले नेपालीको पहिलो स्थान पाएका हुन् ।  पोखरा महानगरपालिका ६ लेकसाइडका गुरुङले ९ बर्षको उमेरमा प्याराग्लाइडिङ्मा जुटे बताउनुभयो । उहाँले १२ बर्षको उमेरमा सरंकोटबाट लेकसाइड उडान गरेको बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...