अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

वालिङ १० को घटना दर्ता सम्बन्धी अभिमुखीकरण अभियान

कला राना,
रेडियो आँधीखोल १८ कार्तिक ।
वालिङ नगरपालिका वडा नं. १० ले पञ्जीकरण घटना दर्ता सम्बन्धी नागरिकलाई जानकारी दिने उद्देश्यले आईतबार पाण्डितथोक टोलविकास संस्था र बर्तुङ फुलबारी टोलविकास संस्थामा अभिमुखीकरण सम्पन्न गरेको छ । वडामा रहेका ९ वटै टोलविकास संस्थाहरुमा पुगी घटना दर्ता, साधारण कानुन, पर्यटन, पशु, शिक्षा, स्वास्थ्यलगायतका विषयमा स्थानीहरुबीच अन्र्तक्रिया गर्ने हेतुले अभिमुखमीकरण गरिएको हो े । 
यसैक्रममा आज पण्डितथोकमा गरिएको कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले यस अभियानले वडाको प्रोफाईल तयार गर्न सहजता प्रदान गर्ने भन्दै बालमैत्रि वडा घोषणा गर्न समेत जन्मदर्ता सबै बाललिकाको हुनुपर्ने बताउँदै निकै सराहनीय कार्यको सुरुवात वडाले गरेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रेले घटना दर्ता समयमै आई वडामा दर्ता गर्नुपर्ने भन्दै वडालाई समृद्ध बनाउनको निम्ति आफ्ना गाउँठाउँमा भएका संभावनाहरुको जानकारी गराउन आग्रह गर्नुभयो । साथै स्थानीयहरुलाई वडाको गतिविधिका बारेमा जानकारी होस भन्दै आफ्ना समस्यहरु समेत वडामा निवेदन गराउन सुझाव दिनुभयो । 
जन्म, मृत्यु, विवाह, बसाईसरार्इँ जस्ता घटनाहरु ३५ दिनभित्र दर्ता गरेमा निशुल्क हुने र ३५ दिन नाघेमा ५० रुपैँया लाग्ने भन्दै समयमै घटना दर्ता गर्नुपर्ने वडाले जनाएको छ । 
कार्यक्रममा वडा सदस्य झविलाल थापा, लक्ष्मी गैह्रृ, लुकमाया नेपाली, कृषि प्राविधिक गिता खनालले आ–आफ्ना पक्षका बारेमा जानकारी गराउनुभएको थियो । साथै चालू आर्थिक वर्षको कार्यक्रमहरुका बारेमा समेत स्थानीयलाई जानकारी गराईएको वडा सचिव दिपेन्द्र गैह्रेले बताउनुभयो । बर्तुङ फुलबारी टोलविकास संस्थामा गरिएको कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रेले वडालाई नमुना वडा बनाउनका लागी समेत वडाका हरेक बासीन्दा सचेत र  सक्रिय बन्नुपर्ने भन्दै घटना दर्ताको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...