अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

हराउदै मौलिक पञ्चेबाजा, नयाँ पुस्तामा अभ्यस्त बनाउनुपर्ने

रेडियो आँधीखोला,
वालिङ २५ कार्तिक ।
विवाह, ब्रतबन्ध, चौरासी पुजा, चाडबाड, जात्रा, जस्ता विभिन्न धार्मिक कार्यक्रमसंगै सांस्कृतिक तथा सामाजिक उत्सवमा बजाइने मौलिक पञ्चेबाजा पछिल्लो समय हराउदै गएका छन । नयां प्रविधिका कारण यी लोकबाजा ओझेलमा पर्दै गएको भीरकोट नगरपालिका–६ निवासी मीनप्रसाद कोइराला बताउनुहुन्छ । 
बाजा बजाउन सवैले रहर गरे पनि संरक्षण गर्न वेवास्ता गर्छन ।’ यो बाजा संरक्षण गर्दै नयां पुस्तालाई यसमा अभ्यस्त बनाउनुपर्ने उहांले बताउनुभयो । ‘समुह बनाएर काम गर्दा सहज हुन्छ’ उहांले भन्नुभयोे, ‘गांउ घरमा मौलिक पञ्चेबाजाको प्रयोग अचेल कम हुन थालेको छ । पन्चेबाजाका सामान विग्रिदा बनाउने मान्छे पनि पाइन छाडे ।’
 
कोइरालाले मौलिक परम्परादेखी नै महत्वपुर्णको रुपमा लिइदै आएको पञ्चेबाजा संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । पञ्चेबाजा निर्माण गर्नको लागी आवश्यक पर्ने सामान खरिदमा स्थानीय सरकारले योजना बनाएर नै सहयोग गर्नुपर्ने बताउनुभयो । 
उहांका अनुसार पञ्चेबाजासंगै सारङगी तथा विभिन्न बाध्यबाधनका साधनको संरक्षण गर्न आवश्यक छ । स्थानीय सन्तोष केसीका अनुसार विहे, ब्रतबन्ध गर्ने लगनको समयमा पञ्चेबाजा पाउनै मुस्किल हुन्छ । ‘पुराना पुस्ता बृद्ध हुदै गए’ उहांले भन्नुभयोे, ‘कोही उमेरका कारण बजाउन सक्दैनन् भने, कतिपयको मृत्यु भयो  नया“ पुस्तालाई यसबारे चासो छैन । 
 
एकैदिनमा ४०÷५० हजार रुपैया कमाइन्छ ।’ उहांले टिम बनाएर अगाडी बढ्न सके आम्दानीसंगै अन्य व्यवसाय र वैदेशिक रोजगारीमा जानु नपर्ने बताउनुभयो । पञ्चेबाजा लोप हुनबाट बचाउन सके भविष्यमा यसको महत्व बढ्दै जाने छ । पञ्चेबाजा सिकाउनको लागि सरोकारवाला निकायले पहल गर्नुपर्ने उहांले बताउनुभयो ।
 
पछिल्लो समय स्याङजामा आयोजना हुने विभिन्न कार्यक्रममा पञ्चेबाजा बजाइने गरिन्छ । कतिपय स्थानमा बाधी समुदायका बासिन्दाले पञ्चेबाजालाई निरन्तरता दिदै आएका छन । पञ्चेबाजा बजाउन युवादेखी बृद्धसम्मको उमेर समुहका देखिन्छन । ‘पञ्चेबाजा बजाएर जिउंन गाह्रो छ’ पञ्चेबाजा समुहका एक बृद्ध भन्नुहुन्छ ‘यो भनेको सिजनमा मात्र हुन्छ । कहिलेकांही बजाएर जिविकोपार्जन गर्न सकिदैन ।’ उहांले यसको संरक्षणसंगै अरु कुनै व्यवसाय पनि गर्न जरुरी रहेको बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...