अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

उद्योग वाणिज्य संघद्धारा शुभकामना

वालिङ, कार्तिक ११
स्याङ्जा उद्योग वाणिज्य संघले बुधबार शुभ दिपावली, छटपर्व, नेपाल सम्वत र भर्खर विदा भएर गएको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक लम्सालले स्याङ्जामा कफी र सुन्तलाको गुणस्तरीय उत्पादनले आर्थिकोपार्जन गर्न उद्योग वाणिज्य संघ क्रियाशिल भएको बताउदै स्याङ्जालाई सुन्तला र कफीको जिल्लाको  रुपमा चिनाउनु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थी, नेपाली कांग्रेसका सचिव कुमार राना, नेकपा एमालेका सचिवालय सदस्य महेश पुरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी ब्यञ्जनकार, घरेलु महासंघ क्षेत्र नं. ४ प्रदेशका देवेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष प्रकाश डोटेल लगायतले आउदै गरेको चाडपर्वको शुभकामना ब्यक्त गरेका थिए । 
उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नन्दकुमारी लम्सालले स्वागत एवं महासचिव हिक्मत श्रेष्ठले संचालन गर्नुभएको थियो ।