अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

समाजसेवी पंगेनीद्वारा नगरपालिकालाई ४० लाखको जग्गादान

यहाँका एक स्थानीय समाजसेवीले नगरपालिकालाई जग्गादान गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका १० नं. वडा निवासी समाजसेवी हिमनिधी पंगेनीले चार आना जग्गा दान दिनुभएको हो । यहाँको चलनचल्ति अनुसार ४० लाख मुल्य पर्ने जग्गा नगरपालिकालाई प्रदान गर्नुभएको १० नं. वडा अध्यक्ष अनन्तराज गैह्रेले बताउनुभयो । “कृषि र फलफूल उत्पादन हुने यस क्षेत्रमा संकलन केन्द्र स्थापना गर्न सके उत्पादित फलफूल तथा तरकारीले बजार पाउने ठानेर संकलन केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएको हुँ” पंगेनीले भन्नुभयो । जग्गादाता पंगेनीले उपलब्ध गराउनुभएको चार आना जग्गा र १० नं. वडा अध्यक्ष अनन्तराज गैह्रेको जग्गा तथा सार्वजनिक जग्गा गरी झण्डै डेढ रोपनी क्षेत्रफलमा तीन तलाको भवन निर्माण गर्ने तयारीमा १० नं. वडा कार्यालय रहेको वडा सचिव दिपेन्द्र गैह्रेले बताउनुभयो । “कृषिजन्य उत्पादन तथा फलफूल संकलन भण्डार निर्माणका लागि वडाले थालेको अभियानका लागि स्थानीय समाजसेवी पंगेनीले जग्गादान गरी हामीलाई हौसला प्रदान गर्नुभएको छ” १० नं. वडा अध्यक्ष अनन्तराज गैह्रेले भन्नुभयो, “वडाले थालेको अभियान पक्कै पनि सफल हुनेछ र यहाँका किसानहरु पनि लाभान्वित हुने अपेक्षा गरेको छु ।”वडाले निर्माण गर्ने तीन तलाको भवनमा पहिलो तलामा शित भण्डार, दोस्रोमा शहरी स्वास्थ्य केन्द्र र तेस्रो तथा अन्तिम तलामा तरकारी तथा फलफूल संकलन केन्द्र बनाउने तयारी भैरहेको वडा अध्यक्ष गैह्रेले बताउनुभयो । वडाले भवन निर्माणका लागि चार लाख बजेट विनियोजन गरिसकेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...