अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

खहरे र फूलबारी शहरी स्वास्थ्य केन्द्रको उद्घाटन

 
खहरे शहरी स्वास्थ्य केन्द्रको बुधबार उद्घाटन गरिएको छ । वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्यको पहुँच पु¥याउने उद्धेश्यले वालिङ नगरपालिका १ नं. वडाको खहरेमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले सामान्य स्वास्थ्य परीक्षणका लागि पनि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न र नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताउनुभयो । नगर प्रमुख खाँणले शहरी स्वास्थ्य केन्द्रमा सेवाका लागि आउनुहुने सेवाग्राहीहरुलाई राम्रो ब्यवहार गरी गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्दै शहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरु उपलब्ध गराउँदै जाने बताउनुभयो । नगर प्रमुख खाँणले वालिङ नगरपालिकामा आवश्यक देखिएको अस्पताल निर्माणका लागि पहल जारी रहेको र अब छिट्टै निचोड निस्कने बताउनुभयो । नगर प्रमुख खाँणले १ नं. वडामा जीर्ण अवस्थामा रहेको आयुर्वेद केन्द्रको मर्मत गर्ने र यो उपचार पद्धतिलाई अझै विस्तार गर्दै लैजाने बताउनुभयो । पतंजलि योगपीठसँग आयुर्वेद उपचार पद्धतिका लागि उपकरणहरु माग गर्ने र यहाँ कार्यरत कर्मचारीहरुलाई आवश्यकता अनुसारका तालिमहरु प्रदान गर्ने तयारी भैरहेको नगर प्रमुख खाँणले बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले वडाबासीहरुलाई यस संस्थाप्रति विश्वास गरी निरन्तररुमा सेवा लिएमात्रै यसको संस्थागत विकास हुने बताउनुभयो । उहाँले सामान्य उपचारका लागि पनि टाढा टाढा जाने प्रबृत्तिको अत्य गरी यही संस्थाप्रति विश्वासमा रही दिन पनि आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा रणबीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, समाजसेवी ऋषिराम काफ्ले, हुमबहादुर राना, सोमबहादुर गुरुङलगायतले शहरी स्वास्थ्य केन्द्रको सफलताको शुभकामना ब्यक्त गर्नुभयो । वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत भवानीप्रसाद ढुंगानाको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम १ नं. वडाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता केदार काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन नगरपालिकाका जनस्वास्थ्य शाखाका मणिप्रसाद पंगेनीले गर्नुभएको थियो । यसैबीच  
बुधबार नै वालिङ नगरपालिका १० नं. वडामा फूलबारी शहरी स्वास्थ्य केन्द्रको शुभारम्भ गरिएको छ । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख दिलिपप्रताप खांँणले नगरपालिका भित्र रहेका १४ वटै वडामा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको उद्धेश्य भएको बताउनुभयो । साथै प्रमुख खाँंणले मानव जीवनसँग जोडिएको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई नगरपालिको चासोकासाथ लिएको बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदी, समाजसेवीहरु हिमनिधी पंगेनी, राजेन्द्र गैह्रे, स्वयंसेविका दिल्लीसरा गैह्रेलगायतले बोल्नुभएको थियो । वडा अध्यक्ष अन्नतराज गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव दिपेन्द्र गैह्रे र सञ्चालन जनस्वास्थ्यका मणिप्रसाद पंगेनीले गर्नुभएको थियो । स्थानीय क्रियटिभ युवाक्लब र बाघमारा सामुदायिक वनको दुई कोठामा हाल स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको छ । केन्द्रमा १ अहेव, १ अनमी र १ जना सहयोगी गरी ३ जना कर्मचारीले सेवा दिनेछन् । कार्यक्रममा तरकारी तथा फलफूल संकलन केन्द्रका लागि जग्गादान गर्ने जग्गादाता हिमनिधी पंगेनीलाई सम्मान समेत गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...