अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

स्याङ्जाका दुई कृषक गण्डकी प्रदेशद्धारा सम्मानित

news

 
रेडियो आँधीखोला,
२९ कार्तिक ।
स्याङजाका दुई कृषक गण्डकी प्रदेशद्धारा सम्मानित हुनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा गण्डकी प्रदेशले विहिबार एक कार्यक्रमका बीच प्रदेशका १३ जना कृषकहरुलाई सम्मानित गरेको हो । यसैबीचमा स्याङ्जाका दुई युवा कृषक सम्मानित हुनुभएको हो । स्याङजाको भीरकोट नगरपालिका २ बयरघारीका सन्तोष केसी पशुपालन र गल्याङ नगरपालिका ११ का रुँमलाल कँडेल कृषिबाट सम्मानित हुनुभएको हो । 
सम्मानित केसी र कँडेललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले नगद ५÷५ हजारसहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । सम्मानित केसीले सहकारी मार्फत दुग्ध उत्पादन गर्दै आउनुभएको छ । केसीले बयरघारीमा २५ रोपनी जग्गा भाडामा लिएर फार्म सञ्चालन गर्दै आउनुभएको छ । केसीले सवल पशुपालन सहकारी  संस्थाद्धारा दैनिक ७० लिटर दुध बजारमा पु¥याउनुहुन्छ । 
१५ दुहुना गाई तथा भैँसीमार्फत उत्पादित दुध केसीले सहकारी मार्फत नै बजारमा पु¥याउने गर्नुभएको छ । ४४ वर्षीय केसी दुग्ध उत्पादनका साथै तरकारी तथा फलफूल खेतिमा समेत सक्रिय हुनुहुन्छ । त्यस्तै उता गल्याङका कंडेलले ७ वर्षदेखि निरन्तर आलू खेतिमै लागिरहनुभएको छ । ४५ वर्षीय कंडेलले ४० रोपनीमा हरेक वर्ष आलु खेति गर्दै आउनुभएको छ । केहि वर्ष भारत बसाई पश्चात बाँझो जमिनलाई सदुपयोग गर्दै आलु खेति गर्नुभएका कंडेलले लाखौँ मुनाफा आर्जन गर्दै आउनुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...