अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

टेम्पो प्रहरीको नियन्त्रणमा

 
रेडियो आँधीखोला,
२९ कार्तिक ।
करीब दुई महिनादेखी जिल्ला सदरमुकाम पुतलीबजारमा सञ्चालित टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टेम्पो चालकको लाइसेन्स नहुनुका साथै टेम्पोमा प्लेट नम्बर नराखिएकाहरुलाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको हो ।
 
राता र निलो रङ लगाएका ६ वटा टेम्पोलाई विहिबार दिउंसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवत्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिनुभयो । ‘टेम्पो चालकको लागी सामान्य रुपमा लाइसेन्स अनिवार्य हुनुपर्छ’ प्रवत्ता बिष्टले भन्नुभयोे, ‘सञ्चालनमा आएको दुई महिना भइसक्यो तर, नम्बर प्लेटसमेत राखेका छैनन ।’ आफुखुशि सञ्चालनमा ल्याइएका टेम्पोले सामान्य नियम समेत लागु नगर्ने र मनपरी रुपमा भाडा असुल गरेको गुनासो आएको उहांले बताउनुभयो ।
 
‘गाडीको भन्दा चौरल भाडा महंगो रैछ’ उहांले भन्नुभयोे, ‘१५ रुपैयामा पुगिने ठाउंमा ५० सय रुपैया लिइदिएको गुनासो हामीकोमा आएको छ ।’ उहांले पक्राउ गरिएका टेम्पोलाई के–कस्तो कारबाही गर्ने भन्ने टुङगो नलागेको बताउनुभयो । प्रहरीका अनुसार टेम्पोको नियम कानुन र यसलाई कारबाही कसले गर्ने अन्यौलता भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...