अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

स्याङ्जा डान्सिङ च्याम्पियन मंसिरमा, विजेतालाई १ लाख पुरस्कार

 
 
रेडियो आँधीखोला,
२९ कार्तिक ।
स्याङजामा एकल नृत्य प्रतियोगिता (स्याङजा डान्सिङ च्याम्पियन) हुने भएको छ । निहारिका फिल्म प्रा. लि  र सप्तक संगित बिद्यालय  बुटवलको आयोजनामा स्याङ्जा एकल नृत्य प्रतियोगिता हुने भएको हो । 
प्रतियोगिताको लागी स्याङ्जाका विभिन्न ५ ठाउँमा अडिसन हुनेछ ।  यही मंसिर १ गते कालिगण्डकी यातायात ब्यवसायी समितिको हल गल्याङमा पहिले अडिसन हुनेछ । दोस्रो अडिसन मंसिर ५ होटल मर्करी प्रततिनगर स्याङ्जा र तेस्रो अडिसन मंसिर ८ गंगालाल माध्यमिक विद्यालय चापाकोट हुनेछ । त्यस्तै चौँथो अडिसन मंसिर १५ मिर्मि बहुमुखी क्याम्पस मिर्मि, र पाँचौ तथा अन्तिम अडिसन २२ गते मगर संघको हल बालिङमा हुनेछ् ।
प्रतियोगितामा विजेताले १ लाख, द्धितियले ५० हजÞार, ततियले २५ हजÞार नगद सहित बिभिन्न उपहारहरु प्राप्त गर्नेछन् । नृत्य पारखीहरुलाई मध्यनजर गर्दै ठुलो धनराशीको एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन् । विजेतालाई निहारिका फिल्म प्रालिले म्युजिक भिडियोमा खेल्ने अवसर प्रदान गर्नेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...