अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

स्याङ्जामा सम्बन्ध बिच्छेदको संख्या बढ्दो

रेडियो आँधीखोला,
५ मंसिर ।।
जिल्ला अदालत स्याङ्जामा सम्बन्ध बिच्छेदको संख्या हरेक बर्ष बृद्धि हुदै गएको छ । आर्थिक बर्ष ०७५÷७६ को पहिलो चार महिनामा जिल्ला अदालतमा ८१ सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको श्रेस्तेदार नन्द प्रसाद आचार्यले जानाकारी दिनुभयो । दर्ता भएका मुद्धामा १८ वटा  साउन महिनामा दर्ता भएका हुन् भने ६३ वटा मुद्धा नयाँ संहिता कार्यान्वयन पश्चात दर्ता भएका हुन् । 
 
नयाँ संहिता कार्यान्वयन पश्चात दर्ता भएका मध्ये २३ वटा पुरुष अर्थात श्रीमानले सम्बन्ध बिच्छेदको माग गरेको आचार्यले बताउनुभयो । नयाँ संहिता लागु हुनु पहिला पुरुषले सम्बन्ध बिच्छेद गर्न चाहेमा नगरपालिका तथा गाबिसमा निबेदन दिई एक बर्ष सम्म छलफल गरेर आवश्यक ठहरे अदातलमा पठाउने गरिने गरिएकोमा सरकारले सहज बनाए पश्चात श्रीमानले सम्बन्ध बिच्छेदको माग धेरै गरेको आचार्यले बताउनुभयो । 
 
पछिल्लो ५ बर्षको तथ्याङमा हरेक बर्ष सम्बन्ध बिच्छेदको संख्या बढेको र ५ बर्षमा पुरुषले सम्बन्ध बिच्छेको माग गरेको कुनै निबेदन नगरपालिका र गाबिसबाट अदालतमा अपिल नगरेको आचार्यले बताउनुभयो । 
यहाँ आर्थिक बर्ष ०७४÷७५ मा २०९, ०७३÷७४ मा एक सय ८१, ०७२÷७३ मा एक सय ४१, ०७१÷७२ १५ मुद्धा दर्ता गरि फैसला भएको आचार्यले बताउनुभयो 
 
बैदेशिक रोजगार, सामाजिक संजालको दुरुपयोग, अन्तर जातिय विवाह, प्रेम बिवाह, सामाजिक प्रतिष्ठा, कलिलो उमेरमा विवाह, पश्चिमी सस्कृतीको प्रभाब, आर्थिक असामनता, बिवाह पछिको जिवन स्तरमा परिवर्तन, परिचय भए पश्चात सिघ्र सम्बन्ध गाँस्ने मानसिकता सम्बन्ध बिच्छेदका मुख्य कारण भएको आचार्यले बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...