अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

प्राबिधिक शिक्षा संचालनका लागि आवश्यक

रेडियो आँधीखोला,
५ मंसिर ।।
काजिमान हरिटीका माध्यमिक बिद्यालयमा प्राबिधिक शिक्षा संचालनका लागि आवश्यक रहेको बताईएको छ । पुतलीबजार नगरपालिका ३ स्थित सो बिद्यालयद्धारा मंगलबार आयोजित अन्र्तक्रिया एवं सुझाव संकलन कार्यक्रमका सबै बक्ताहरुले प्राबिधिक शिक्षा संचालन गर्नु पर्नेमा जोड दिएका हुन । 
कार्यक्रमको उदघाटन गर्दे प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासीनीले जिल्ला अस्पतालसंगै रहेको बिद्यालयले नर्स, अनमी, सीएमए, अहेव जस्ता प्राबिधिक शिक्षालाई प्राथमिकता राख्दै परिवेश सुहाउदो हाम्रा दिनहुँ ब्यबहारमा लागु हुने प्राबिधिक शिक्षा संचालन गर्न आवश्यक रहेको बताउनुभयो । बिद्यालयमा प्राबिधिक शिक्षा संचालनका लागि आवश्यक पर्ने नीतिगत सहित अन्य सबै किसिमको सहयोगका लागि आफु प्रतिवद्ध रहेको प्रतिनिधीसभा सदस्य मरासीनीको भनाई  छ । 
कार्यक्रममा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, पूर्व जिल्ला विकास समितिका सदस्य श्रीप्रसाद जीटी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, सहायक प्रमुख जिल्ला अधिकारी यादवराज शर्मा, नेपाली कांग्रेसका सचिव कुमार राना, नेकपा नेता लोकराज शर्मा, एक सय एक प्राबिधिक शिक्षा संचालनका अभियन्ता धु्रवशरण बस्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
जिल्ला न्यायधीबक्ता इश्वरीप्रसाद ढकाल, पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दिपक लम्साल, उद्योग वाणिज्य संघ स्याङ्जाका निवर्तमान अध्यक्ष नवराज सुवेदी लगायतले प्राबिधिक शिक्षा संचालनका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । 
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रमान ब्ययथितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रधानाध्यापक ओमप्रकाश शर्माले गर्नुभएको थियो । बिद्यालयले सीमए, अनमी, स्टाफ नर्स, सब इन्जिनियर, कम्प्यूटर, बिज्ञान, जेटी, जेटीए, अमिन, डकर्मी, सिकर्मी, कारपेन्ट्री, इलेक्ट्रिकल साइन्स, ड्राईभिङ्, पशु बिज्ञान र ब्यावसायिक तालिमलाई प्रस्तावित बिषयमा छनौट गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...