अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

बृद्धाश्रममा सहयोग

डियो आँधीखोला,
५ मंसिर ।।
स्याङजाको पुतलीबजार नगरपालिका ३ का उत्तमकुमार श्रेष्ठले आफ्ना स्व. मातापिताको सम्झनामा शिवपार्वती बृद्धाश्रम रामनदीधाम राम्दीमा रहनुभएका बृद्धबृद्धाहरुलाई १ दिनको भोजन स्वरुप ८ हजार ५ सयप्रदान गर्नुभएको छ । 
श्रेष्ठले माता स्व.रत्नकुमारी श्रेष्ठ र पिता बद्रीनारायण श्रेष्ठको सम्झनामा मंगलबारको भोजन स्वरुप उक्त रकम प्रदान गर्नुका साथै फलफुल प्रदान गर्नुभएको छ । त्यस्तै वालिङ ८ का नारायणप्रसाद शर्माले बृद्धाश्रमका लागी नगद ५ हजार सहयोग गर्नुभएको कार्यालयका सचिव सुनिल श्रेष्ठले बताउनुभयो । आश्रममा स्याङजा सहित विभिन्न जिल्लाका २० जना बृद्धबृद्धाहरुले आश्रम लिईरहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...