अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

समितीको पुर्नगठन

वालिङ, कार्तिक ११
श्री चिउरीखर्क निम्न माध्यमिक विद्यालय पिडिखोला ५ स्याङजाको बुधबार विद्यालय व्यवस्थापन समितीको पुर्नगठन गरिएको छ । आज बसेको भेलाले अग्नि प्रसाद भुषालको अध्यक्षतामा ८ सदस्यीय कार्य समिती गठन गरिएको छ । यस्तै भविश्वर भुषालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । नरोदय श्रोत केन्द्रका श्रोत व्यक्ति हिमलाल न्यौपानेले नव निर्वाचित पदाधिकारी बधाई ज्ञापन गर्दे सफल कार्यकालको शुभकामना दिनुभयो ।
 
भेलामा शिक्षक, अभिभावक, गाविसका प्रतिनिधि तथा सरोकारवालाको बाक्लो उपस्थिती रहेको थियो । जिल्ला शिक्षा कार्यालय स्याङजाका विद्यालय निरिक्षक भगवान ढकालको सभापतित्वमा भएको भेलाको सञ्चालन शिक्षक यमलाल पाण्डेले गर्नुभउको थियो ।
 
यसैबीच उता विरेन्द्र उच्च मावि कृष्णगण्डकी २ जैपते स्याङजाको  ५५ औँ अभिभावक दिवस सम्पन्न भएको छ । विरेन्द्र उच्च मावि स्रोतकेन्द्रका श्रोत व्यक्ति दल बहादुर रानाले विद्यार्थीको आमुल परिवर्तनका लागि प्राविधिक शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो । साथै विद्यार्थीलाई पढाईमा मात्र उत्पेरित नगराई अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । समारोहमा धु्रव ज्योतिका प्रधानाध्यापक हिरा थापा, विद्यालयका प्रार्चाय नारायण न्यौपाने लगायतले आफ्ना धारणा राखेका थिए ।
 
यस्तै प्रधानाध्यापक ठकवीर रानाल विद्यालयको वार्षिक आयव्यय, शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा २०७२ सालको एसएलसी परीक्षा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने गोविन्द पाण्डे र पुुजा पाण्डेलाई सम्मान गरिएको थियो । शिक्षिका बमकला न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको समारोह विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शालीग्राम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक निम प्रसाद पौडेलले गर्नुभएको थियो