अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

वार्षिकोत्सवका अवसरमा रेडियो आँधीखोलाले न्यानो कपडा प्रदान गर्ने

 
कला राना
वालिङ ५ मंसिर ।
सामुदायिक रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ स्याङजाले वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्ने भएको छ । जिल्लामा पहिलो ध्वनि तरङगको रुपमा स्थापित रेडियो आँधीखोलाले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा विहिबार अमिलिथुम प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्ने रेडियो सञ्चालक समितिका अध्यक्ष धु्रवप्रसाद शर्माले बताउनुभयो । 
सञ्चारको माध्यमबाट समाजलाई सुसूचित गराउँदै आईरहको रेडियोले शैक्षिक क्षेत्रमा सहयोग गरी शिक्षालाई गुणस्तरीय बनाउने प्रयास गर्नेछ ।  २०६२÷०६३ को जनआन्दोलन  पश्चात जिल्लामै सञ्चारको अभाव पुरा गर्न २०६४ मंसिर ६ गते रेडियोले आफ्नो परिक्षण प्रसार शुरु गरेको थियो । 
रेडियोले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान र विषेश पुजापाठको आयोजना गरेका छ । विद्यालयमा अध्ययनरत ४० जना छात्रछात्राहरुलाई न्यानो कपडा प्रदान गरिने रेडियोका स्टेसन म्यानेजर तोलकान्त बगालेले बताउनुभयो । सामुदायिक रेडियोको रुपमा रहेका रेडियोले ज्ञान, सुचना, मनोरञ्जनात्मक विभिन्न कार्यक्रम मार्फत प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा समाजलाई सुुसूचित गराउने गरेको छ । 
स्याङ्जासहित ४ र ५ नम्बर प्रदेशका झण्डै १८ जिल्लामा सुन्न सकिने यो रेडियो दैनिक १८ घण्टा प्रसारण्मा रहेको छ । रेडियो अनलाईनमा धधध।चबमष्यबबलमजष्पजयबि।यचन मा समेत सुन्न सकिनेछ । बढ्दो प्रविधिसंगै रेडियोलाई समेत सोही अनुसार विस्तार गर्दै लगिने आँधीखोला रेडियोले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...