अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

रेडियो आँधीखोलाको १२ औ वार्षिकोत्सवमा पोसाक वितरण

news

 
कला राना,
वालिङ, ६ मंसिर ।
स्याङजा जिल्लाकै पहिलो सामुदायिक रेडियो आँधीखोला १०५.४ मेगाहर्जले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । रेडियाले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा अमिलिथुम प्राथामिक विद्यालयमा अध्ययनरत ३५ जना छात्रछात्राहरुलाई न्यानो कपडा अन्र्तगत स्वेटर प्रदान गरेको हो । 
रेडियोले आफ्नै संस्था नजिक रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वेटर प्रदान गर्दै सञ्चालक समितिका अध्यक्ष धु्रवप्रसाद पंगेनीले सञ्चार क्षेत्रले आफ्ना विभिन्न ध्वनि तरंगित कार्यक्रमहरुबाट विगतदेखि नै शैक्षिक क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गरिरहेको बताउनुभयो । साथै अध्यक्ष पंगेनीले भन्नुभयो,“अमिलिथुम प्रावि धेरै पहिले स्थापित विद्यालय भएपनि हाल यहाँ अध्यनरत विद्यार्थीहरुको अभिभावकले ज्यालामजदुरीकै भरमा छोराछोरी पढाउनुपरेको छ ।” 
संस्थाले आफ्नै समिपमा रहेको विद्यालयमा केहि गरौँ भनेर १२औँ वार्षिकोत्सवमा विद्यार्थीहरलाई सानो उपहार प्रदान गरिएको अध्यक्ष पंगेनीको भनाई छ । पंगेनी भन्नुहुन्छ, “बढ्दो बजारीकरणका कारण पनि नजिक नजिक निजि विद्यालयमा अभिभावकहरुको आर्कषण हुने कारणले पनि यस विद्यालयमा बाहिरबाट आएका मजदुरका छोराछोरी मात्रै अध्ययनरत छन् ।” सामुदायिक विद्यालयमा सरकारले जति लगानी गरेपनि सोहीअनुसार उपलब्धी हासिल हुन नसेको भन्दै यस्तै स–साना कार्यमार्फत पनि सबैको सामुहिक प्रयासले पनि गुणस्तरीय शिक्षामा अभिवृद्धि गर्न सकिने पंगेनीको भनाई छ । जिल्लामै पहिलो ध्वनिको रुपमा तरंगित रेडियो आँधीखोललाई १२औँ वर्षसम्म आईपुग्दा सहयोग गर्ने विभिन्न सरकारी कार्यालय, संघसंस्था, राजनितिकल दल, विज्ञापनदाता, स्रोतालगायत सम्पुर्णलाई अध्यक्ष पंगेनीले आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अमिलिथुम प्राविका प्रधानाध्यापक टिकाराम अर्यालले विद्यालयको शैक्षिक स्तर वृद्धिका लागी यस्ता कार्यक्रमले टेवा पुग्ने भन्दै विद्यार्थीहरुमा थप अध्ययनमा प्रेरणा मिल्ने बताउनुभयो । सञ्चारको क्षेत्रबाट समुदायलाई सभ्य मार्गमा हिड्न प्रेरित गरी लुकेका विषयवस्तुलाई उठान गरी समाधानतर्फ लागिरेको रेडियोले विद्यार्थीहरुमाँझ आफ्नो वाषर््िाकोत्सव मनाउनु निकै सराहनीय कार्य रहेको प्रधानाध्यापक अर्यालको भनाई थियो । विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको छ । निकै पुराने विद्यालयमा हाल अधिकांस दलित विद्यार्थीहरु मात्रै अध्ययनरत रहेका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागी समुदाय नै सक्रिय हुनुपर्ने भन्दै संस्थाले विद्यार्थीहरुलाई सानो उपहार प्रदान गरेको रेडियो सञ्चालक समितिका सचिव यमकान्त खनालले बताउनुभयो । समितिका सदस्यद्धोय सिताराम अधिकारी र झलकनारायण काफ्लेले संस्थाको हितका लागी अझै लागीपर्ने प्रतिवद्धता जनाउनुभयो । यसअघि विहान पण्डित रामचन्द्र पंगेनीले रेडियो प्रांगणमा विषेश पाठ गराउनुभएको थियो । जल्लामा पहिलो ध्वनि तरङगको रुपमा स्थापित रेडियो आजभन्दा ठिक ११ वर्ष पहिले २०६४ मंसिर ६ गते आफ्नो परिक्षण प्रसार शुरु गरेको थियो । 
सामुदायिक रेडियोको रुपमा रहेका रेडियोले ज्ञान, सुचना, मनोरञ्जनात्मक विभिन्न कार्यक्रम मार्फत प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा समाजलाई सुुसूचित गराउने गरेको छ ।  स्याङ्जासहित ४ र ५ नम्बर प्रदेशका झण्डै १८ जिल्लामा सुन्न सकिने यो रेडियोले २०६४ मंसिर ६ गतेबाट परीक्षण प्रसारण शुरु गरेको हो । दैनिक १८ घण्टा प्रसारण्मा रहेको रेडियो अनलाईनमा www.radioaandhikhola.org मा समेत सुन्न सकिनेछ । बढ्दो प्रविधिसंगै रेडियोलाई समेत सोही अनुसार अगाडि लगिने रेडियोका स्टेसन म्यानेजर तोलकान्त बगालेले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...