अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

वालिङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

रेडियो आँधीखोला,
१० मंसिर ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । देशैभर विविध कार्यक्रमसहित लैगिक हिंसा मनाउने क्रममा आईतबार वालिङमा पनि रिवन लगाई लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको हो । 
लैगिंक हिंसा विरुद्धको दिवसको वालिङ नगरपालिकामा उद्घाटन गर्दै नगर उपप्रमुख कल्पना तिवारीले लैगिक हिंसा विरुद्ध विभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा यस प्रकारका हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताउनुभयो । 
महिला र पुरुषबीच असमान शक्ति सम्बन्ध, महिला अधिकारका बारेमा न्यून चेतना तथा हिंसामा परेका महिलाहरुले प्राप्त गर्ने सीमित न्याय लगायतका कारण महिला हिंसा न्यूनीकरण हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले लैंगिक हिंसाविरुद्ध विभिन्न खालका सचेतना कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयन गर्न सकिएमात्रै समाजबाट सबै प्रकारका हिंसा अन्त्य हुनका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 
कार्यक्रममा महिला नेतृ दीपा भुसालले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । यसैबीच आईतबार नै वालिङ नगरपालिकाको आयोजनामा आँधीखोले अर्सा रोटी मट्टी बनाउने तरिकाकाबारेमा प्रशिक्षण शुरु गरिएको छ । 
ब्यवसायिकरुपमा यस ब्यवसायलाई अगाडि बढाउनका लागि नगर भित्रका विभिन्न टोलका महिलाहरुलाई सहभागी बनाईएको छ । मट्टी ब्यवसायी शालिग्राम गैह्रेले सहजीकरण गर्नुहुने  उक्त कार्यक्रम आगामी मंगलबारसम्म सञ्चालन हुने छ । वालिङ नगर उपप्रमुख कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका आयुषा काफ्लेले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...