अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

गुप्तेश्वर महायज्ञको समापन

रेडियो आँधीखोला,
१० मंसिर ।
संविधान सभा पुर्व सांसद राजु थापाले पछिल्लो समय पश्चिमा संस्कृतिको आगमनले हिन्दुधर्मलाई पछाडि पार्न खोजिएको समयमा यस्ता महायज्ञले हिन्दु धर्मलाई प्रर्वद्धन गर्ने बताउनुभएको छ । 
 
गुप्तेश्वर गुफा धार्मिक महोत्सब तथा नवाह ज्ञान महायज्ञको अर्जुन चौपारी १ ठाडाखेतमा आईतबार महायज्ञको समापन गर्दै थापाले धर्मले मानिसलाई सभ्य बनाउने भन्दै महायज्ञले यस गुप्तेश्वर गुफालाई संरक्षण तथा प्रचारप्रसारमा सघाउ पुगेको बताउनुभएको हो । 
कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनाल, कागे्रसका भीरकोट नगरसभापति तोयनाथ अर्याल, वडा नं. ७ का अध्यक्ष शेषकान्त अर्याल, मन्दिर व्यवस्थापन समिति अध्यक्ष चोलाकान्त अर्याल, उपाध्यक्ष तोयनारायण रिजाल, खिलुङकालिका एग्रो फार्मका संरक्षक गंगाराम अर्याललगायतले बोल्नुभएको थियो । 
 
संयोजक मोहन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत निर्देशक प्रेममनारायण अर्याल, धन्यवाद गिरधारी कोईराला र सञ्चालन महासचिव ताराप्रसाद अर्यालले गर्नुभएको थियो । यही मंसिर १ गतेबाट शुरु भएकोे महायज्ञमा बाल योगेश्वर श्री महाराजले कथावाचन गर्नुभएको थियो । महायज्ञको आयव्यय १५ दिनभित्र सार्वजानिक गरिने जनाईएको छ । अर्जुनचौपारी गाउँपालिका १ र भीरकोट नगरपालिका ७ को सिमानामा रहेको गुप्तेश्वर महादेव गुफाको विकास, संरक्षण तथा प्रर्वद्धनका लागी महायज्ञको आयोजना गरिएको हो 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...