अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

रापाकोट खानेपानी तथा सरसफाई योजना अनुगमन तथा प्रशिक्षण

रेडियो आँधीखोला,
१० मंसिर ।
स्याङजाको अर्जुनचौपारी गाउँपालिका ४ मा रापाकोट खानेपानी तथा सरसफाई योजना अनुगमन तथा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश पौडेलले अवको केहि महिनाभित्रै वडाका प्रत्येक घरघरमा धारा जडान हुने भन्दै पानीको उचित प्रयोग गर्दै जिविकोपार्जन तर्फ लाग्न आग्रह गर्नुभयो । पानीको समस्याका कारण दैनिक जिवन कष्टकर बन्ने भन्दै पिउने पानी सहजताको लागी योजना लागि परेको बताउनुभयो । 
कार्यक्रममा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका प्रमुख मिनप्रसाद बस्नेत, वडा नं. ४ का अध्यक्ष जितकुमारी चापागाँई, वडा सदस्यहरु मित्रप्रसाद चापागाई, देवि चापागाँई, दवि सुनार, वडा सचिव दिनेश चापागाँई, स्वास्थ्य चौकी प्रमुख सन्तोष रायलगायतले बोल्नुभएको थियो । 
योजना अध्यक्ष डोलप्रसाद चापागाँईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव आसकुमार गरुङले ६० लाख बराबरको आयव्याय सार्वजानिक गर्नुभएको थियो । सञ्चालन कोषाध्यक्ष सपना गुरुङले गर्नुभएको त्यहाँबाट दिपक सुनुवारले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...