अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

बासु स्मृति पुरस्कारबाट तीन साहित्यकार सम्मानित

बालनरसिंह—सुवर्ण कुमारी अधिकारी गुठीद्वारा स्थापना गरेको बासु स्मृति पुरस्कार तीन साहित्यकारलाई प्रदान गरिएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको गुठीद्वारा आयोजित पुरस्कार वितरण तथा विशेष रचना वाचन कार्यक्रम २०७४ बाट आँधीखोला गाउँपालिका २ का प्राध्यापक डाक्टर डिलबहादुर क्षेत्री, २०७२ बाट बिरुवा ६ का देबेन्द्र लम्साल, २०७० बाट बिरुवा गाउँपालिका १ का डिल्लीरमण न्यौपाने पुरस्कृत हुनुभएको छ । 
 
कार्यक्रममा बरिष्ठ लोक गायिका तथा पूर्व प्राज्ञ हरिदेबी कोइरालाले पुरस्कृत ३ जनालाई दोसल्ला ओढाएर नगद तथा ताम्रपत्रले सम्मान गर्नुभएको थियो । बासु स्मृति पुरस्कारको राशी जनही १५ हजार पाँच रुपैयाँ रहेको छ । साहित्यको क्षेत्रमा योगदान पु¥याएका साहित्यकारको मुल्याङ्कन गर्दै साहित्यकारलाई सम्मान गरिएको संरक्षक शेरजंग अधिकारीले जानकारी दिनुभयो । 
 
बि. सं. २०५२ सालमा छोरा तोरणध्वज अधिकारीले आफ्ना परिवार र भाइबन्धुहरुको सहयोगमा आमा बुबाको स्मृतिमा १ लाख बराबरको गुठी स्थापना गर्नुभएको थियो । गुठीबाट हरेक २÷२ बर्षमा प्रदान गरिने पुरस्कारबाट हाल सम्म १० जना साहित्यिक श्रष्टा र एक संस्था पुरस्कृत भएको छ । पुरस्कार अर्पण तथा बिशेष रचना बाचन कार्यक्रममा बरिष्ठ लोकगायिका तथा पुर्व प्राज्ञ कोइरालाले सहित्य देशको गहना भएको बताउनुभयो । साहित्य प्रति जति लगाब बढायो त्यति राम्रो हुने बताउदै कोइरालाले साहित्य सबैमा हुने बताउनुभयो । 
 
पुरस्कार अर्पण तथा बिशेष साहित्यिक कार्यक्रममा साहित्यकार बिश्वप्रेम अधिकारी, चिन्तु गिरी, त्रिभुवन शर्मा, प्राध्यापक डाक्टर यामबहादुर पौडेल क्षेत्री, कुमार राना, भिष्मराज ढुंगेल, लेखनाथ काफ्ले, यज्ञराज उपाध्याय, रबिन केसी, शम्भु अर्याल, अग्निकुमार पल्लब, परिबेश मरासिनी, लक्ष्मी अर्पणा, संजिब शर्मा, प्राञ्जल, पत्रकार महसंघका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले रचना वाचन तथा मन्तब्य राख्नु भएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...