अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

कल्लेरीका युवाद्धारा सामुहिक आलुखेती

स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ७ कल्लेरीका युवाहरुले सामुहिक आलु खेती शुरु गरेका छन् । कल्लेरी कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध युवाहरुले सामूहिक आलु खेती थालेका हुन् । खाली रहेको जग्गाको सदुपयोग गरेर आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्नका निम्ति सहकारीका २७ युवाहरु लागेका छन् । अहिले सुरुवाती चरण भएकाले परीक्षणको लागि मात्र ५० किलो आलु लगाएको सहकारीका अध्यक्ष कुमार रानाले बताउनुभयो ।
 
आलुको उत्पादन राम्रो भयो भने आगामी वर्ष दोव्वर आलु लगाउने सहकारीको योजना रहेको छ । सहकारीमा आवद्ध २७ जना युवाहरुले व्यक्तिगत रकम उठाएर आलुखेती लगाएका हुन् । अहिले लगाएको आलुको उत्पादन राम्रो भयो भने त्यसलाई विक्री गरि आम्दानी भएको रमकलाई सहकारी मार्फत लगानी गर्ने सहकारीका सह सचिव विनोद रानाले बताउनुभयो । यस्तै आलुको रेखदेख सवै सहकारीका सदस्यले नै गर्ने उहाँले बताउनुभयो । युवाहरु आवद्ध सहकारीले सुरुवाती चरणमै उदाहरणीय कार्य गरेको छ । कृषकहरुको उत्थानको लागि गोलबद्ध भएको सहकारीले आगामी दिनमा वेरोजगार युवाहरुलाई आय आर्जनमुलक कार्यक्रम ल्याउने तयारी गरेको छ ।
 
यस्तै गल्याङ नगरपालिकासँग सहकार्य गरेर यहाँका कृषकहरुलाई आत्मनिर्भर बनाउन सहकारी अगाडी बढ्ने संस्थाका अध्यक्ष कुमार रानाले बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...