अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

पब्लिक एकेडेमी माविको ६७ औं वार्षिकोत्सव

स्याङ्जाको भीरकोट ८ मा रहेको पब्लिक एकेडेमी माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव आईतबार मनाईएको छ । विद्यालयको वार्षिकोत्सव समारोहमा बोल्दै भीरकोट नगर प्रमुख छायाराम खनालले शिक्षाको अभावमा कोही पनि बालबालिका अशिक्षित हुन नदिन र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नगरको शैक्षिक विकासका लागि सरोकारवाला पक्षहरुसित हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै विद्यालयलाई बालमैत्री विद्यालयकारुपमा विकास गर्दै लगिनेमा जोड दिनुभयो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, ८ नं. वडा अध्यक्ष तनबहादुर गुरुङ, २ नं. वडा अध्यक्ष एवम् शिक्षा समिति सदस्य कमलविकास त्रिपाठी, भीरकोट नगर शिक्षा शाखा प्रमुख दयाराम गौतम, स्रोतब्यक्ति खुमकान्त खनाल, प्याब्सन केन्द्रीय सदस्य अमृत अर्याल, पहाड ट्रष्टका बालकाजी गुरुङ, समाजसेवीहरु मनप्रसाद गुरुङ, पदम श्रेष्ठ, ८ नं. वडा सचिव भेषबहादुर राना, वडा सदस्य चित्रबहादुर राना, विद्यालयका छात्रा युगिना गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवकी रेग्मीले विद्यालयको आर्थिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण अर्यालको स्वागतसँगै शुरु भएको वार्षिकोत्सव समारोह विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गीता राना भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन छात्रा प्रगति राना भुजेलले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...